बीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्तामा ज्ञान ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका वार्षिक जुनियर खेलकुद क...
बीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्तामा ज्ञान ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका वार्षिक जुनियर खेलकुद कार्यक्रम सम्पन्न भएको छ। ज्ञान ज्योति माध्यमिक विद्यालयका डाइरेक्टर दीपा योन्जनको सभापतित्व तथा बीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सो वार्षिक जुनियर खेलकुद कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामिछानेले ज्ञान ज्योति स्कुलका विद्यार्थीहरूले आफ्नो शैक्षिक गतिविधि अलावा अतिरिक्त खेलकुदहरू मार्फत विद्यार्थीहरूलाई मानसिक तनाबलाइ स्वास्थ्य राख्न खेलकुदले जीवनलाई तन्दुरुस्ती बनाउने काम गर्ने भएकोले खेलकुद अति महत्वपूर्ण रहने बताएका छन् ।
विद्यार्थीहरूले आफ्नो प्रतिभाहरू प्रभावकारी रूपमा प्रस्तुत गरेकोमा प्रमुख अतिथि अतिथिहरू समेत उत्साहित भई विद्यार्थीहरूको खेल प्रतिभाप्रति प्रशंसा गरेका थिए । निजी विद्यालयले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापहरूमा समेत उल्लेखनीय योगदान गरिरहेकोले विद्यार्थीहरूको चाहना र इच्छाअनुसार अभिभावकहरूले पनि अगाडि बढाउनुपर्ने प्रमुख अतिथि लामिछानेको भनाइ रहेको छ। त्यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले विद्यार्थीहरूको शैक्षिक गतिविधि सँगै खेलकुद क्षेत्रमा पनि यस विद्यालयका विद्यार्थीहरूको गतिविधि उल्लेखनीय रुपमा प्रशंसा योग्य रहेको धारणा राख्नुभएको थियो। कक्षा नर्सरी देखि पाँचसम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभाहरु प्रस्तुति रहेका थिए।
कार्यक्रममा ज्ञान ज्योति माध्यमिक विद्यालयका सञ्चालक एवं डाइरेक्टर अभिषेक यौन्जन त्यसैगरी अर्का विद्यालयका डाइरेक्टर अन्जली देवान संजया गिरी अभिभावक सङ्घका अध्यक्ष अमर गौतम लगायतले शुभकामना दिनुका साथै खेलकुद कार्यक्रममा प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानित गरिएको ज्ञानज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल रामकिशोर यादवले जानकारी दिनुभएको छ। कार्यक्रमको सहजीकरण शिक्षिका गीता बराल र प्रजिना भट्टले गरेकी थिइन्। वार्षिक खेलकुद कार्यक्रममा अभिभावकहरूतथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।









COMMENTS