वीरगञ्ज–२५ सिर्सियामा रास्वपाको घरदैलो सम्पन्न, ड्राइपोर्ट जग्गा मुआब्जा समस्या समाधानको प्रतिबद्धता
पर्सा। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो
कार्यक्रम सम्पन्न गरेको छ।
पर्सा क्षेत्र नम्बर २ बाट सांसदका उम्मेदवार सुशील कुमार शाह उम्मेदवार भएसँगै अहिले विभिन्न वडाहरूको घर दैलो अभियानमा आज वडा नम्बर २५ सिर्सिया खोलुवाटोलामा उनको पक्षमा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मतदाताहरूले आफ्नो गुनासाहरू सांसदको उम्मेदवार कानुनसमक्ष हामी यहाँ धेरै सांसदहरु पायौँ। मन्त्रीहरू पायौँ। हाम्रो मुआब्जा जग्गाको बारेमा अहिलेसम्म कसैले छिनोफानो नगरेकोमा यसपटक हामीले सांसद परिवर्तन गर्ने पक्षमा उभिएका छौं भनेर उनीहरुले बताएका थिए रास्वपाका उम्मेदवार कानुले वीरगञ्ज ड्राइपोर्ट (सुक्खा बन्दरगाह) अन्तर्गत अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लामो समयदेखि प्रभावित जग्गाधनीहरूले भोग्दै आएका समस्या न्यायोचित ढंगले समाधान गर्न पहल गरिने बताए।
स्थानीय जग्गाधनीहरूले ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम अपर्याप्त र समयमै नपाएको गुनासो गर्दै आएको बताउँदै यसले उनीहरूको आर्थिक र सामाजिक जीवनमा गम्भीर असर पारेको जानकारी गराएका थिए। उनीहरूले वर्तमान बजार मूल्यअनुसार मुआब्जा पुनरावलोकन गर्नुपर्ने मागसमेत राखेका छन्।
रास्वपाका उम्मेदवार कानुले निर्वाचित भएसँगै सम्बन्धित निकायसँग समन्वय गरी मुआब्जा दर पुनरावलोकन, बाँकी रकम भुक्तानी र प्रभावित परिवारलाई न्याय सुनिश्चित गर्ने दिशामा पहल गर्ने स्पष्ट पारे। साथै उनले सुशासन, पारदर्शिता र पीडित–केन्द्रित नीति नै रास्वपाको प्राथमिकता रहेको उल्लेख गरे।
घरदैलो कार्यक्रममार्फत स्थानीय टोल–टोलमा जनतासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाले स्थानीय समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा उठाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि ड्राइपोर्ट मुआब्जा समस्या समाधानका लागि ठोस पहलको अपेक्षा व्यक्त गरेका थिए। हामी यहाँ धेरै सांसद पायौँ मन्त्रीहरू पनि हेर्यौं तर हाम्रो पक्षमा अहिलेसम्म कसैले केही गर्न नसकेकोले नयाँ अनुहारका युवाले केही न केही गर्न सक्छ भन्ने हाम्रो पनि विश्वास रहेकोले हामीले सोच्न बाध्य बनाएको मतदाताहरूले आफ्ना गुनासाहरु राखेका थिए। आफू निर्वाचित भए यो आइसिपी भित्र बसेका मतदाताहरूको माग पूरा गर्न आफू प्रतिबद्धता रहेको बताएका थिए । म बोल्ने मान्छे होइन म काम गरेर देखाउने त्यही भएर उम्मेदवारी बनेको र युवाको शक्ति नै यहाँहरूको शक्ति हो। भनेर मलाई एकपल्ट मत दिएर सांसदमा प्रवेश गराउनु म काम गरेर देखाउने वाचा गर्छु भनेर समेत सांसद उम्मेदवार कानुले बताएका छन्।













COMMENTS