एभरेष्ट पब्लिक स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका फुट फेस्टिवल प्रदर्शन गरेका छन् । एभरेष्ट पब्लिक स्कुलका प्रिन्सिपल नितु चौरसियाको स...
एभरेष्ट पब्लिक स्कुलका विद्यार्थीहरूले विभिन्न प्रकारका फुट फेस्टिवल प्रदर्शन गरेका छन् । एभरेष्ट पब्लिक स्कुलका प्रिन्सिपल नितु चौरसियाको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सो फुट फेस्टिवल प्रदर्शन सम्पन्न भएको हो। प्रमुख अतिथि लामिछानेले विद्यार्थीहरूले विभिन्न प्रकारका फुट फेस्टिवलको प्रदर्शन गर्नुले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै अब्बल हुन जरुरी रहेको बताएका हुन् अहिले विद्यार्थीहरूले स्कुल लेभलबाटै यस्ता परिकारहरूको सिप सिर्जना गर्नु आफूहरुलाई आत्मबल बढाउने र आफ्नो भविष्य निर्माण गर्नमा ठूलो मद्दत पुराउउने र रोजगारीमा थप मद्दत पुर्याउन सक्ने भएकोले भोलिका दिनमा विद्यार्थीहरूले सरकारी जागिर नै खानुपर्छ भन्ने छैन।
अन्य व्यवसाय गरेर पनि जीवन चलाउन सकिने भन्ने विषयको पाठ अहिलेदेखि नै सिकाउँदै जाने बताएका छन्। उनले भने अब व्यवहारिक शिक्षाको पनि ज्ञान अति महत्त्वपूर्ण रहने भएकोले विद्यार्थी जीवनमा यस्ता प्रकारका फुड फेस्टिभल प्रदर्शन गर्नुले आफैमा एउटा महत्वपूर्ण विषय रहेको बताए। फुट फेस्टिवल कार्यक्रममा एभरेस्ट पब्लिक स्कुलका सञ्चालक डाक्टर उमेश चौरसियाले बताए अनुसार विद्यार्थीहरूलाई पढ्दै जाउँ कमाउँदै जाउँ भन्ने अवधारणासहित विद्यालय स्तरमा विद्यार्थीहरूलाई यस्ता अतिरिक्त क्रियाकलापहरु आयोजना गरिएको बताएका छन्।
यस्तै अर्का सञ्चालक एवम् डाइरेक्टरउमेश साहले बताए अनुसार विद्यार्थीहरूलाई पढ्दै जाउँ कमाउँदै जाउँ भन्ने अवधारणासहित विद्यालय स्तरमा गएर कार्यान्वयन गर्ने आफ्नो लक्ष्य रहेको बताए। उनले भने अहिले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानको पनि उत्तिकै महत्वपूर्ण रहने भएकोले आज विद्यालयले फुट फेस्टिवलको प्रदर्शन गरेकाे हाे भनेर बताएका छन्। फुट फेस्टिवल प्रदर्शनमा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका तथा गायक चन्दन पण्डित लगायतको समेत उल्लेखनीय सहभागिता रहेको थियो।











COMMENTS