$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

कोहिनुर बचत सहकारी संस्थाले प्राधिकरणमा दर्ता राष्ट्रिय सहकारी र सुचना केन्द्रमा पनि आबद्ध भयो

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा कर्जा सूचना केन्द्रमा आवद्ध ।।सरकारले अहिले  सहकारी स...



कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा कर्जा सूचना केन्द्रमा आवद्ध ।।सरकारले अहिले  सहकारी संस्था लिमिटेडहरुलाई  विभिन्न प्रकारका नियमहरू लगाउने काम गरिरहेकोमा पर्सा जिल्लामा अवस्थित वीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको कोहिनुर बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गर्नुका साथै कर्जा सूचना केन्द्रमा आज देखि आवद्धता प्राप्त गरेको छ।

सहकारी ऐन, २०७४ को दफा ८१ तथा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले प्राधिकरणमा दर्ता भई विधिवत सञ्चालन अनुमति प्राप्त गरेको हो। यससँगै संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्र (CIC) को सदस्यता समेत प्राप्त गरेको छ

संस्थाका व्यवस्थापक प्रदीप कुमार लोहारले प्राधिकरणबाट इजाजतपत्र र कर्जा सूचना केन्द्रको आवद्धता प्राप्त भएसँगै संस्थाको बचत तथा ऋणको कारोबारलाई थप पारदर्शी र व्यवस्थित बनाउन बलियो कानुनी आधार तयार भएको बताउनुभयो। "अब ऋण लगानी गर्दा सदस्यहरू अन्य कुनै बैंक वा वित्तीय संस्थामा कालो सूचीमा परे/नपरेको र उनीहरूको कर्जाको वर्तमान अवस्थाबारे यकिन गर्न सहज हुनेछ," लोहारले भन्नुभयो।

सहकारी नियमावली, २०७५ को प्रावधान अनुरूप कर्जा सूचना केन्द्रमा आवद्ध हुनुले संस्थाको लगानीलाई थप सुरक्षित बनाउने र खराब कर्जाको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास संस्थाले लिएको छ। यस प्रक्रियाले संस्थाका सदस्यहरूलाई अझ भरपर्दो र सशक्त रूपमा वित्तीय सेवा प्रदान गर्न मार्गप्रशस्त गरेको छ। संस्थाका लोहारले बताए अनुसार हामीले आफ्नो संस्थालाई कानुनी रूपमा पूर्णरूपमा अवरुद्ध भए काम गर्न सुरु गरेको बताएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content