बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थितमा रहेको साउथजोन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ३ का छात्रा विद्या पटेल उत्कृष्ट भएकी छिन् मधेस प्रदेश स्तरीय Drawing & Coloring प्रतियोगिता मा सहभागी भई साउथ जोन माध्यमिक विद्यालयकी कक्षा–३ मा अध्ययनरत छात्रा विद्या पटेल ले उल्लेखनीय सफलता हासिल गरेकी छन्। चन्द्रपुरमा सम्पन्न उक्त प्रतियोगितामा उनले Consolation Position प्राप्त गर्दै रु. ५,००० नगद पुरस्कार जित्न सफल भएकी हुन्।
सानै उमेरमै देखाएको विद्याको सिर्जनशीलता, कलात्मक सोच र मेहनत ले निर्णायक मण्डलको ध्यान आकर्षित गर्न सफल भएको विद्यालयले जनाएको छ। प्रदेशस्तरको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उनले विद्यालय मात्र नभई समग्र क्षेत्रको नाम उजागर गरेकी छन्।
विद्याको यस सफलताप्रति साउथ जोन माध्यमिक विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल सरोज चौधरीले खुशी व्यक्त गर्दै विद्यालय प्रतिभावान विद्यार्थी उत्पादन गर्ने दिशामा अगाडि बढिरहेको बताएका छन्। उहाँले भन्नुभयो,विद्याको उपलब्धिले विद्यालयको शैक्षिक तथा सिर्जनात्मक पहिचानलाई थप मजबुत बनाउने काम विद्यार्थीहरूको आफ्नो प्रतिभा उजागर हुनु नै हाम्रो शिक्षा प्रणालीको सफलता हो ” भनेर बताएका हुन्
विद्यालय परिवारले विद्यालाई आगामी दिनमा थप कला तथा सिर्जनशीलताको क्षेत्रमा अझ उच्च उपलब्धि हासिल गर्ने लक्ष्य बिधालयले लिएको र, यस्ता प्रतिभालाई प्रोत्साहन गर्न निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ। विद्यालयले कम समयमा अहिले विभिन्न क्षेत्रमा आफ्नो नाम कमाउन सफल भएको र विद्यार्थीहरूले समेत विभिन्न क्षेत्रहरूमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सफल भएको प्रिन्सिपल चौधरीले बताएका छन्। उनले भने आगामी दिनहरूमा बिधालयले अझ प्रभावकारी विद्यार्थीहरू तयार गर्ने प्रिन्सिपल चौधरीले बताएका छन्।

COMMENTS