$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन t20 cricket सनलाइट क्वाटर फाइनलमा सेन्ट जेभियर्स मुनलाइट सेमिफाइनलमा प्रवेश

वीरगन्जमा जारी प्याब्सन अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा सनलाईट माध्यमिक विद्यालय क्वार्टरफाइनलमा प...


वीरगन्जमा जारी प्याब्सन अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा सनलाईट माध्यमिक विद्यालय क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने सेन्ट जेभियर्स र मुनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेका छन्।

प्रतियोगिताको पहिलो खेलमा सनलाईट मावि र अल्पाईन मावि आमनेसामने भएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको अल्पाईन माविले भिजिबिलिटी कम भएका कारण ११ ओभरमा सीमित खेलमा ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो। जवाफमा सनलाईट माविले ३७ रनको लक्ष्य १ विकेटको नोक्सानीमा ४.२ ओभरमै पूरा गर्दै ९ विकेटले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो।

दोस्रो खेलमा सेन्ट जेभियर्स मावि र गौतम मावि भिडेका थिए। टस जितेर ब्याटिङ रोजेको सेन्ट जेभियर्सले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ६६ रन बनायो। जवाफमा गौतम मावि ८ विकेट खर्चिए पनि ६२ रनमै समेटिएपछि सेन्ट जेभियर्स मावि ४ रनले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

तेस्रो खेलमा मनकामना मावि र मुनलाईट मावि बीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको मनकामना माविले १५ ओभरमा ९ विकेटको क्षतिमा ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा मुनलाईट माविले १४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि ५ विकेटको जितसहित सेमिफाइनल यात्रा तय गर्‍यो।



प्रतियोगिताअन्तर्गत भोलि माघ २१ गते बाँकी दुई क्वार्टरफाइनल खेलहरू हुनेछन्। जसमा बीरगन्ज एकेडेमी र गोल्डेन फ्युचर तथा डीएभी र सनलाईट मावि बीच प्रतिस्पर्धा हुनेछ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content