४५ दिने ब्युटिसियन beautician तालिम सुरु तालिममा सिकेका सीप ब्यवहारमा ल्याउन वडा अध्यक्ष जयप्रकाश अग्रवालले दीप प्रज्वलित गरी उद्घाटन गरेक...
४५ दिने ब्युटिसियन beautician तालिम सुरु तालिममा सिकेका सीप ब्यवहारमा ल्याउन वडा अध्यक्ष जयप्रकाश अग्रवालले दीप प्रज्वलित गरी उद्घाटन गरेका थिए ।फेसियल हाउस ब्युटिपार्लर एवं training सेन्टरको आयोजना तथा बीरगंज महानगरपालिका वडा नम्बर ६ को वडा कार्यालय पर्सा वीरगञ्जको सहयोगमा शुक्रबार देखि ४५ दिने ब्युटिसियन beautician तालिम शुरु भएको छ। तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश साह अग्रवालले गर्नुभएको थियो ।
तालिमको उद्घाटन समारोहमा सहभागी भएका महिलाहरुलाई आत्मनिर्भर हुने खालका तालिम आफूले सञ्चालन गरेको बताउँदै तालिममा सिकेका सीपहरुलाई व्यवहारमा उतार्दै व्यवसायिक रुपमा अगाडि बढ्न सुझाव दिनुभएको छ। उनले भने अहिले आफ्नो घर परिवार चलाउन दुई चार पैसाको जोहो गर्न यस्ता तालिमहरूबाट उपलब्धि हासिल गर्न सकिने भएकोले तालिमबाट भरपूर्ण फाइदा लिन वडा अध्यक्ष अग्रवालले महिलाहरूलाई बताउनु भएको हो। आफ्नो वडामा रहेका महिलाहरूलाई विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरेर वेरोजगार हुनबाट रोक्न यस्ता तालिमहरू आयोजना गरेको बताएका हुन्। अहिले आफ्नो वडामा महिला संग संगै युवाहरू पनि यस्ता विभिन्न प्रकारका तालिमहरु सञ्चालन गदै आएको वडा अध्यक्ष अग्रवालले बताउनु भएको छ। तालिम राम्रोसँग लिन र तालिमबाट प्रशिक्षक हुन् भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो।
तालिमको उद्घाटन समारोहमा वडा सचिव गङ्गा कुमारी पौडेल वडा सदस्यहरू राजु खड्की सुशीला परियार पवन शर्मा लगायतकाे उपस्थित रहेको थियो। फेसियल हाउस ब्युटिपार्लर एवं टर्निङ training सेन्टरका सञ्चालिका सुनिता परियारको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो। तालिमको अवधिभर सुनिता परियार र मधु चौधरीले प्रशिक्षण दिनु हुने फेसियल हाउस ब्युटिपार्लर एवं टर्निङ training सेन्टरका सञ्चालिका सुनिता परियारले जानकारी दिनुभएको छ। ब्युटिसियन तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको छ।



COMMENTS