$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन महानगर र एन प्याप्सनले विद्यालय सञ्चालन गर्ने सम्बन्धमा संयुक्त रूपमा ज्ञापन पत्र बुझाए ।

 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन महानगर र एन प्याप्सनले विद्यालय सञ्चालन गर्ने सम्बन्धमा संयुक्त रूपमा ज्ञापन पत्र बुझाए...



 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन महानगर र एन प्याप्सनले विद्यालय सञ्चालन गर्ने सम्बन्धमा संयुक्त रूपमा ज्ञापन पत्र बुझाए । ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव र एन प्याब्सन नगर अध्यक्ष सोनालाल प्रसाद पटेल र एन प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता र हिसानका जिल्ला कार्यसमिति पर्साका अध्यक्ष मुकेश गुप्ता लगायतले संयुक्त रूपमा आज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । नेपाल सरकार, शिक्षा मन्त्रालयको निर्णयअनुसार दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने व्यवस्थाले शिक्षा क्षेत्रमा गम्भीर चुनौती उत्पन्न हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनको बुझाइरहेको नगर अध्यक्ष राहुल श्रीवास्तवले बताएका छन्। 


उनले भने शिक्षा नियमावली २०५९ को नियम ४८ को उपनियम (१)  बिधालयको शैक्षिक संग हुने भएकोले वैशाख १ गते देखि प्रारम्भ भई चैत मसान्ता सम्म कायम रहने नियमको पाँचले ( ५)  ले बिधालयको एक शैक्षिक सत्रमा काम गर्न कम्तीमा २२० दिन लाग्ने भएकोले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन संस्थागत बिधालय  मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को ४.२१ ले शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिना अगाडि विद्यार्थी भर्ना कार्य गर्नुपर्ने उक्त मौजुत कानुनमा उल्लेख गरिएको  छ। त्यसैले प्याप्सनले नेपाल संविधान तथा प्रचलित कानुन अनुसार आधारभूत तह तथा मावि तहसम्म शिक्षा व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भएकोले सोही अनुसार प्याप्सनले विद्यार्थीहरूको हितका निम्ति यो बीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखालाई ज्ञापन पत्र बुझाइएको अध्यक्ष श्रीवास्तवले बताएका हुन् ।


 आफूहरूले  वैशाख ४ गतेदेखि  नयाँ भर्ना सुरु गर्ने ६ गते शिक्षक प्रशिक्षण वार्षिक कार्यक्रम निर्धारण गर्ने ७ गते विद्यार्थीहरुलाई अभिमुखीकरण गर्ने ८ गते विद्यार्थीहरूलाई हाजिरी तथा पाठ्यक्रम पुस्तक वितरण ९ गते कक्षा सञ्चालन गर्ने  निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेलाई जानकारी गराइएको हो।विद्यालयहरू पनि सोही बिदा प्रणाली अनुसार काम सञ्चालन हुने  विद्यालयहरूले सो नियमको पालना गदै विद्यालयहरूलाई नियमअनुसार सञ्चालन गर्न निर्देशनमा उल्लेख रहेको र सोही अनुसार विद्यार्थीहरूलाई  गर्ने तयारी भइरहेको अध्यक्ष श्रीवास्तवले बताएका हुन्। शिक्षा नियमावली २०५९ को दफा ९ अनुसार विद्यालय सञ्चालन गर्दा आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।विद्यालयहरूले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्नेछ।

 बिदाको दिन बाहेक अन्य दिनहरूमा विद्यालय खुला राख्नुपर्नेछ। विद्यालयले तोकिएको समय तालिका अनुसार कक्षा सञ्चालन गर्नुपर्नेछ।

विद्यार्थीहरूको हितलाई ध्यानमा राखी उचित वातावरण सिर्जना गर्ने तयारी रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन महानगर सचिव अमित आलोकले बताएका छन्। विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर आफूहरूले अहिले चासोका साथ लिइरहेको सचिव आलोकले बताएका थिए। लामो बिदा र शनिबार र आइतबार विद्यालय बन्द हुँदा विद्यार्थीहरूमा एक किसिमको नकारात्मक प्रभाव नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले अहिले यसबारेमा ध्यान दिनुपर्ने बताएका थिए।विद्यार्थीहरूलाई विद्यालयमा उपस्थित गराउँदा विभिन्न रचनात्मक ज्ञानहरू दिन शैक्षिक प्रशासन महाशाखा प्रमुख लामिछानेले सुझाव दिनुभएको छ।


 ज्ञापन पत्र बुझाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव सचिव अमित आलोक वरिष्ठ सल्लाहकार आलोक चौरसिया प्याब्सन महानगर कोषाध्यक्ष सुरज बाबु पटेल एन प्याब्सन नगर अध्यक्ष सोनालाल प्रसाद पटेल एन प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता हिसान जिल्ला कार्यसमिति पर्साका अध्यक्ष मुकेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।





COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content