महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो एक महिने डलकुशन बनाउने तालिम सम्पन्न तालिममा सिकेका सीपहरू व्यवहारमा ...
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो एक महिने डलकुशन बनाउने तालिम सम्पन्न तालिममा सिकेका सीपहरू व्यवहारमा उतार्न वडा अध्यक्ष गुप्ताको आग्रह.
सिप सिकौँ रोजगार बनौँ भन्ने मूल नाराका साथ एक महिने डलकुशन बनाउने तालिम आज एक समारोह बिच सम्पन्न भएको छ नेपाल महिला विकास सङ्घ बीरगंज १६ को आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको सहयोगमा सञ्चालित एक महिने डलकुशन बनाउने तालिम सम्पन्न भएको हो। तालिमको समापन समारोहमा प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले प्रमाणपत्र प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका सीपहरुलाई आफ्नो व्यवहारमा उतार्न आग्रह गर्दै आफ्नो घरपरिवारको सामान्य जो हो यस तालिमबाट उपलब्धि हासिल गर्न सफल होस्।
भनेर बताउनु भएको थियो यस तालिममा सहभागी भएका महिलाहरू केवल तालिमको मात्र परिवार को लागि टेवा पुग्ने सहयोग होस् भनेर अपिल गर्नुभएको थियो। उनले भने अहिले आफू पीडामा भएपनि अरुको मद्दतका लागि सधैं लागिपर्ने बताउँदै आगामी निर्वाचनमा पनि आफूलाई यही वडाका मतदाताहरूले सहयोग गर्ने अपेक्षा लिएको बताउँदै यस्ता तालिमहरु आगामी दिनहरुमा पनि ल्याउने प्रतिबद्धता वडा अध्यक्ष गुप्ताले गर्नुभएको थियो तालिममा २० जना महिलाहरूको सहभागिता रहेको थियो नेपाल महिला विकास सङ्घ का अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई समापन गर्दै अध्यक्ष रौनियारले महिलाहरूको हकहित सँगसँगै आफ्नो आयआर्जनमा टेवा पुग्ने सीपमूलक कार्यक्रमहरू आफूले ल्याउने र आगामी दिनहरूमा समेत यस्ता विभिन्न तालिमहरू उपलब्ध गराउने उद्घोष गरेकी थिइन्।
तालिमको समापन समारोहमा वडा सचिव मेघराज श्रेष्ठ सहसचिव रमेश श्रेष्ठ वडा सदस्यहरु नन्द किशोर चौहान गीता मानन्धर लालबाबु प्रसाद कलवार कुमारी सोनी पासवान युवा नेपाल सङ्घका अध्यक्ष रोशन कुमार नेपाल महिला विकास सङ्घका व्यवस्थापक शिवशंकर श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल महिला विकास सङ्घका सदस्य प्रभावती कुमारीले गरेकी थिए।








COMMENTS