राष्ट्रिय सहकारी बैंकमा ऋण व्यवस्थापन क्षमता विकास तालिमको समापन समारोहमा तालिम बाट आर्जन गरेको ज्ञान सीप तथा क्षमता अभिवृद्धिलाइ सबैले आआफ...
राष्ट्रिय सहकारी बैंकमा ऋण व्यवस्थापन क्षमता विकास तालिमको समापन समारोहमा तालिम बाट आर्जन गरेको ज्ञान सीप तथा क्षमता अभिवृद्धिलाइ सबैले आआफ्नो सहकारी संस्थामा कार्यरत ब्यवस्थापक तथा कार्यकारी अधिकृत एवं कर्मचारीहरूले ब्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय सहकारी बैंक तथा को अपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजनामा हिजो देखि शुरु भएको दुई दिने राष्ट्रिय सहकारी बैंकमा ऋण व्यवस्थापन क्षमता विकास तालिमको समापन समारोहमा उक्त कुराहरू उनीहरूले बताएका हुन् ।
विभिन्न सहकारी संस्थाका सञ्चालकहरू कार्यकारी अधिकृतहरु व्यवस्थापकहरु र कर्मचारीहरूलाई ऋणलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय सहकारी बैंकका मनोजले प्रशिक्षण दिनुभएको थियो। सरकारले अहिले उद्यमशीलतालाई सहकारी संस्थाहरूले प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको बेला सहकारी संस्थाले व्यवस्थापन गर्दै सहकारी संस्थालाई अधिकतम बचतकर्ताहरूको रकमलाई सदुपयोग गर्दै लगानी मैत्री वातावरण सिर्जना अति आवश्यकता रहेको सीएमसी क्लब पर्साका संस्थापक अध्यक्ष जिष्णु बरालले बताउनु भएको छ।
उनले भने सहकारी संस्थाहरू भनेको सानातिना बचतकर्ताहरूको बचत गर्ने र उनीहरूलाई दीर्घकालीन समृद्धि सुशासन कायम गर्ने उद्देश्यले यो सहकारीको सथापना भएको बताए । सहकारी संस्थाहरु एक आपसमा सहकार्य गदै यसको लगानी मैत्री वातावरण सिर्जना गर्न अति आवश्यक रहेको धारणा राख्नुभएको छ। प्रशिक्षणमा सहकारी संस्थाहरूलाई प्रोत्साहन गर्न हामी सहकारी संस्थाका जिम्मेवार व्यक्तिहरू सधैं जिम्मेवारी ढङ्गबाट अगाडि बढ्न जरुरी रहेको बताएका छन्। सीएमसी क्लबका अध्यक्ष चन्देश्वर चौरसियाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष चौरासियाले सहकारी संस्थालाई मजबुत बनाउने उद्देश्यले बेलाबखत सहकारी संस्थामा कार्यरत कर्मचारीहरूलाई यस्ता तालिमहरु आयोजना गर्दै आइरहेकोले आगामी दिनहरूमा पनि यस्ता तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उनले भने अहिले सहकारी संस्थालाई अधिकतम बचतकर्ताहरूको रकमलाई सदुपयोग गर्दै लगानी गर्न जरुरी रहेको बताए। त्यसैगरी सीएमसी क्लबका निवर्तमान अध्यक्ष रवि भूषण श्रीवास्तवले सहकारी संस्थालाई उचित व्यवस्थापन गर्दै अहिले सरकारले उद्यमशीलता सँग जोडेकोले अब यस्ता विषयहरूमा सहकारीले अधिकतम लगानी गरेर बचतकर्ताहरूको आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न अति आवश्यक रहेको धारणा राख्नुभएको थियो।
सहकारीले अब यस्ता उद्यमशीलताहरुको पहिचान गरेर लगानी गर्ने वातावरण सिर्जना गर्न अति आवश्यक रहेको धारणा राख्नुभएको थियो। राष्ट्रिय सहकारी बैंकका समिर मानन्धर सिएमसी क्लबका महासचिव प्रदिप कुमार लोहार सचिव दिपेन्द्र श्रेष्ठ तथा विभिन्न सहकारीका सञ्चालकहरू एवं व्यवस्थापक र कार्यकारी अधिकृतहरु एवं कर्मचारीहरू गरी ४० जनाको तालिममा सहभागिता रहेको थियो। तालिममा सिकेका विषयवस्तुहरूलाई आफ्नो सहकारी संस्थामा भोलिदेखि नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका थिए। तालिममा सहभागी भएकाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।









COMMENTS