$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिमा नाकामा विदेशी नागरिकलाई निगरानी गर्ने उनीहरूको डाटा सङ्कलन गर्न सुरक्षा निकायलाई प्रजियाद्वारा निर्देशन

पर्सा, चैत १० — जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ नियन्त्रण गर्न सार्वजनिक अपिल जारी गरेको छ। राष्ट...



पर्सा, चैत १० — जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठ नियन्त्रण गर्न सार्वजनिक अपिल जारी गरेको छ। राष्ट्रिय सुरक्षा र शान्ति सुव्यवस्थालाई थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०८३ चैत १० गतेदेखि सीमाबाट प्रवेश गर्ने विदेशी नागरिकमाथि विशेष निगरानी थालिएको प्रशासनले जनाएको छ।

कार्यालयका अनुसार धार्मिक, सामाजिक तथा आर्थिक उद्देश्यले नेपाल प्रवेश गर्ने विदेशी नागरिकमार्फत अवैध गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कडाइ गरिएको हो। यस क्रममा सीमाबाट प्रवेश गर्ने विदेशी नागरिकहरूको यात्रा कागजात (पासपोर्ट/भिसा) जाँच गर्ने, सम्पर्क नम्बर सहितको विवरण संकलन गर्ने र अभिलेख राख्ने कामलाई व्यवस्थित बनाइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।

प्रशासनले सर्वसाधारण, सीमावर्ती क्षेत्रका बासिन्दा, व्यवसायी तथा सरोकारवालालाई सहयोगका लागि अपिल गर्दै केही महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ:

आफ्नो गाउँ, टोल वा व्यवसाय (होटल/लज) मा कुनै विदेशी नागरिक शंकास्पद रूपमा बसेको वा देखिएमा तत्काल नजिकको सुरक्षा निकाय (प्रहरी वा सशस्त्र प्रहरी) लाई जानकारी गराउन आग्रह गरिएको छ।

 नेपाल भारत  सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई विदेशी नागरिकको विवरण संकलनमा आवश्यक  गर्न जिल्ला प्रशासन कार्यालय पर्साले  एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको छ। 

अवैध रूपमा सीमा पार गर्ने वा गराउने गतिविधि देखिएमा निःसंकोच प्रशासनलाई सूचित गर्न भनिएको छ।

प्रशासनले यो अभियान सीमाको सुरक्षा सुदृढ गर्न र सुशासन कायम गर्न ल्याइएको भन्दै सबै पक्षसँग समन्वय र सहकार्यको अपेक्षा गरेको छ। अवैध गतिविधि रोकथाम र सुरक्षा व्यवस्था मजबुत बनाउन नागरिकहरूको सक्रिय सहयोग अपरिहार्य रहेको कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी उक्त अपिलमा सबै सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। अहिले भारत हुँदै नेपालमा प्रवेश गर्ने विदेशी नागरिकहरूलाई कडा निगरानी गर्न उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content