बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको गौतम स्कुलको ५० औँ वार्षिक उत्सवको अवसरमा केक काटियो साथै नयाँ भवनको पनि उद्घाटन गरियो डिजिटल मार...
बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको गौतम स्कुलको ५० औँ वार्षिक उत्सवको अवसरमा केक काटियो साथै नयाँ भवनको पनि उद्घाटन गरियो डिजिटल मार्फत अध्यापन हुने र विद्यार्थीहरूलाई अब प्रविधिबाट अगाडि बढाउने समय आएको सञ्चालक सोनाम लामाले बताएका छन्।
गौतम स्कुलको ५० औँ वार्षिक उत्सवको अवसर पारेर आज फाउन्डर डाइरेक्टर सोनम लामा र फाउन्डर उर्मिला लामाले केक काटेर भव्य रुपमा मनाइएको छ. ५० वर्षको अवसरमा नयाँ भवनको पनि उद्घाटन गर्दै फाउन्डर लामाले अब नयाँ प्राविधिकसँगै यस नयाँ भवनमा कक्षा १० का विद्यार्थीहरू मात्र अध्यापन गरिने र सुविधा सम्पन्न टेबल ब्रेनसँगै डिजिटल माध्यमबाट विद्यार्थीहरूलाई अध्यापन गराउने founder लामाले बताएका हुन् उनले विगतका दिनहरूमा सङ्घर्षपूर्ण बिताएका क्षणहरूलाई स्मरण गर्दै फाउन्डर निमा लामा र उर्मिला लामाको आँखाबाट आँसु बगेको थियो
आफूहरूले वीरगंजमा शिक्षाको हप बनाउने उद्देश्यले सङ्घर्षपूर्ण जीवन बिताउँदै शिक्षालाई पहिलो प्राथमिकतामा लिएका कारण आज बीरगञ्जका अभिभावक शिक्षक शिक्षिका समाज प्रेमी एवं बुद्धिजीवीहरुले साथ र सहयोग दिएका कारण आज ५० वर्ष रजक जयन्ती मनाउँदाखेरि मनबाट गहभरी आँसु झरेको स्मरण गराउनुभयो। हामीले शिक्षालाई पहिलो प्राथमिकता दिँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप सुविधा सम्पन्न भवन र अहिले आएर पूर्ण डिजिटल मार्फत अध्यापन गराउने यो नयाँ भवनबाट आफूहरुले अर्को युग प्रवेश गरेको फाउन्डर लामाले बताएका हुन्.
वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले विद्यालयको प्राङ्गणमा ५० आकारमा विद्यार्थीहरू सजिएर बेलुन उडाएर भव्य रूपमा मनाएका छन् वार्षिक उत्सवको अवसरमा गौतम स्कुलका सञ्चालक सोनम लामा परीक्षा प्रिया लामा प्रिन्सिपल गणेश क्षेत्री प्याप्सन पर्साका जिल्ला अध्यक्ष सरोजप्रसाद चौधरी वरिष्ठ सल्लाहकार मनि पाख्रिन वरिष्ठ सल्लाहकार लालबाबु पटेल पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंह मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य जेष्ठ नागरिक समाजका समाजसेवी पशुपति विक्रम शाह उषा शाह लगायतले शुभकामना दिनुभएको थियो।



COMMENTS