एकै छानामुनि दुईवटा सेवा सञ्चालन गर्ने उद्देश्यले बीरगंजमा कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न
काठमाडौं पछि बीरगंजमा पार्थावी इन्ट. स्ट्यान्डर्ड शैक्षिक परामर्श सेवा तथा प्रियंका धातु तथा पाइप उद्योगको संयुक्तरूमा कार्यालयको उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।बीरगंजको आदर्शनगरमा नयाँ कार्यालय आकर्षक सजावटसहित उद्घाटन गरिएको सञ्चालक सन्तोष कुमारले जानकारी दिनुभएको छ उनले बताए अनुसार एकै ठाउँबाट दुईवटा सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय खोलिएको उनले बताएका हुन्।
बिहिबार एक कार्यक्रम बिच उक्त कार्यालयको उद्घाटन गरिएको हो। कार्यक्रममा सहभागीहरूले संस्थाको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए। शैक्षिक परामर्श क्षेत्रमा सेवा प्रदान गर्दै आएको पार्थावी इन्ट. स्ट्यान्डर्डले विद्यार्थीलाई विदेश अध्ययनका लागि मार्गदर्शन गर्ने लक्ष्य लिएको सञ्चालक सन्तोष कुमारले जनाएका छन् अब काठमाडौँ धाइरहनु नपर्ने वीरगञ्जबाटै सेवा प्रवाह गर्ने उद्देश्यले आदेश नगरमा सो कार्यालय स्थापना गरिएको बताएका हुन् बीरगंजमा कम खर्चले विद्यार्थीहरूले धेरै शिक्षा आर्जन गरुन् र उपलब्धि हासिल गर्ने अपेक्षा आफूले लिएको सञ्चालक सन्तोष कुमारले बताएका छन्।
त्यसैगरी, प्रियंका धातु तथा पाइप उद्योगले गुणस्तरीय धातु तथा पाइप उत्पादनमार्फत औद्योगिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्य यहाँबाट सेवा प्रवाह गर्ने उद्देश्यले एउटै छानामुनि कार्यालय खोलिएको सञ्चालिका प्रियंका कुमारीले बताएकी छिन् । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गरोस् भनेर शुभकामना व्यक्त गरेको समाजसेवी ब्रिजेश्वर प्रसाद चौधरीले उक्त कुराको जानकारी दिनुभएको छ







COMMENTS