निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान...
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ। बैठक वैशाख १७ गते सम्पन्न भएको हो।
जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा बसेको उक्त बैठकले संगठन विस्तार कार्यक्रम अन्तर्गत विद्यासदन माविलाई सदस्यता दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। यस निर्णयसँगै प्याब्सन पर्सामा आबद्ध विद्यालयहरूको संख्या ६१ पुगेको छ।
प्याब्सन वीरगञ्ज तथा जिल्लास्तरीय सदस्यता अनुगमन तथा सिफारिस उपसमितिको सिफारिसका आधारमा सातौँ पूर्ण बैठकले विद्यालयलाई सदस्यता प्रदान गरिएको जनाइएको छ। बैठकपछि जानकारी दिँदै जिल्ला सचिव अशोक संग्रौलाले संगठन विस्तारलाई तीव्रता दिँदै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा जोड दिइएको बताए।
उनका अनुसार नयाँ विद्यालयहरूलाई समेट्दै लैजानुले प्याब्सनको संस्थागत सुदृढीकरणका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ। साथै, सदस्य विद्यालयहरूबीच सहकार्य, अनुभव आदानप्रदान र नीतिगत एकरूपता कायम गर्न समेत यस्तो विस्तार महत्वपूर्ण रहने उनले उल्लेख गरे।
प्याब्सन पर्साले आगामी दिनमा पनि सदस्यता विस्तारलाई प्राथमिकतामा राख्दै जिल्लाभरका निजी विद्यालयहरूलाई संगठित गर्ने लक्ष्य लिएको प्याप्सन महानगर सचिव अमित आलोकले जनाएका छन्


COMMENTS