नेपाल महिला विकास संघ पर्सा बीरगञ्जको आयोजना तथा बीरगंज महानगरपालिका वडा नम्बर १६ को वडा कार्यालयको सहयोगमा मंगलबार देखि मिथिला नगरमा १ महिने मेहंदी तालिम शुरु भएको छ। बीरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौतरियाको प्रमुख आतिथ्यमा उक्त तालिमको उद्घाटन समारोहमा बोल्दै तालिममा सिकेका ज्ञान सीपहरूलाई व्यवहारमा उतार्दै आफ्नो भविष्य उज्ज्वल बनाउन सुझाव दिएका छन्। उनले भने अहिले आफ्नो दुई चार सय श्रीमान र घरपरिवारमा माग्नु भन्दा पनि आफ्नो व्यक्तिगत आय आर्जन गर्न सकेको खण्डमा घरपरिवार सुखी शान्ति हुने बताए। प्रमुख अतिथि वडा नम्बर १६ का वडा अध्यक्ष ले भने आफूले आफ्नो वडाका लागि विभिन्न प्रकारका सिपमूलक तालिमहरू ल्याउने काम गरेको बताउँदै यस्ता सीपमूलक तालिमले सबैको घर परिवार समाज आर्थिक रुपले सम्पन्न गर्नमा केही मद्दत पुर्याउने भएकोले आफ्नो कार्यकालमा महिला तथा पुरुष एवं युवाहरुलाई विभिन्न योजनाहरु मार्फत अगाडि बढाउने प्रयास गर्दै गर्ने क्रममा महिलाहरूलाई पनि अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले यस्ता मेहदी तालिम सिलाई कटाई beautician एवं अन्य तालिमहरु उपलब्ध गराउँदै आइरहेको बताएका हुन्।
नेपाल महिला विकास सङ्घ पर्सा वीरगञ्जका अध्यक्ष मिनु देवी रौनियारको अध्यक्षतामा सुरु भएको सो तालिमको उद्घाटन समारोहमा अध्यक्ष रौनियारले महिलाहरूको क्षमता विकासमा आफू सदैव अगाडि बढ्ने सोच राखेको र युवाहरूको लागि विभिन्न तालिमहरू समेत यस संघले गर्दै आइरहेकोले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रका लागि आफू सदैव चिन्तित हुने र आफ्ना समाजमा भएका महिला तथा दिदीबहिनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले यस्ता तालिमहरु पटकपटक ल्याउने र आयआर्जन मा आत्मनिर्भर बनाउनेमा लागि परेको अध्यक्ष र रौनियारको भनाइ रहेको छ। तालिममा विभिन्न उमेर समूहका ३० जना महिलाहरूको सहभागिता रहेको छ भने तालिमको प्रशिक्षण सोनालीसावले दिइरहेकी छिन्।
अध्यक्ष रौनियारले बताए अनुसार तालिममा २० जना को मात्र उपस्थिति भएकोमा आफ्नो संघले थप तालिम लिन चाहेका महिला तथा युवातीहरूको सङ्ख्या बढेपछि ३० जना सहभागिता गराएको बताएकी हुन्। तालिमको उद्घाटन समारोहमा नेपाल महिला विकास संघका ब्यवस्थापक शिवशंकर श्रीवास्तव संघका सल्लाहकार रोशन कुमार वडा सदस्य रितादेवी जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक एवं जगत समाचारका सञ्चालक जगत राई तथा विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण सविता कुमारीले गरेकी थिइन्।









COMMENTS