जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते जालसाजी प्रकरण: एक जना पक्राउ गरेको छ भने अन्य फरार भएको, जनाएको छ फरार भएको व्यक्तिको खोजी कार्य ती...
जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते जालसाजी प्रकरण: एक जना पक्राउ गरेको छ भने अन्य फरार भएको, जनाएको छ फरार भएको व्यक्तिको खोजी कार्य तीव्र भइरहेको प्रहरले जनाएको हो पर्सा जिल्लाको बिन्दावासिनी गाउँपालिका वडा नं. ४ मधवल निवासी बिनोद कुमार चौरसिया किर्ते जालसाजीको आरोपमा सोमबार पक्राउ परेका छन्।
उनीमाथि सोही गाउँकी सुरसती देवीको जग्गा किर्ते गरी मालपोत कार्यालय पर्साबाट आफ्नो नाममा लालपुर्जा बनाएको आरोप लागेको छ। उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार, यस प्रकरणमा संलग्न रहेको आरोपमा बिनोदका भाइ हरिकिशोर प्रसाद चौरसिया, लालबाबु चौरसिया र रामबाबु चौरसिया पनि खोजीमा रहेका छन्। तर उनीहरू हालसम्म पक्राउ पर्न सकेका छैनन्।
हाल पक्राउ परेका विनोद प्रसाद चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान लागि अगाडि बढाइरहेको जिल्ला प्रहरीले जनाएको छ।

COMMENTS