सिद्धार्थ इन्टरनेसनल कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको भव्यरुमा विदाई सम्पन्न भएको छ बीरगंज महानगरपालिका वडा नम्बर १५ विश्वमा रहे...
सिद्धार्थ इन्टरनेसनल कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको भव्यरुमा विदाई सम्पन्न भएको छ
बीरगंज महानगरपालिका वडा नम्बर १५ विश्वमा रहेको सिद्धार्थ इन्टरनेसनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आज एक समारोहको बीच भव्य रुपमा विदाई गरिएको छ। सिद्धार्थ इन्टरनेसनल कलेजका डाइरेक्टर डाक्टर विशम्भर शर्माको अध्यक्षता तथा प्राध्यापक डाक्टर रामनाथ यादवको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो। विद्यार्थीहरूको विदाई समारोहलाई सम्बोधन गर्दै यादवले भने अब त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा रहेर अध्यापन सुरु गरिने भएकोले आफ्नो लक्ष्य निर्धारण गर्ने बाटो अर्थात् गन्तव्य अब सुरु भएको बताएका छन्।
कलेज तथा स्कुल स्तरमा जसरी शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई राम्रा नराम्रा विषयहरूको ज्ञान गुणहरू को बारेमा वा विद्यार्थीहरुले बदमाशी गरेको खण्डमा शिक्षक शिक्षिकाहरूले बेलाबखत गाली गर्नुका साथै सुझाउ समेत दिने गरेको थियो। अब कलेज स्तरमा पुगेपछि के पढ्ने र आफ्नो लक्ष्य के हो आफै तय गर्नुपर्ने प्राध्यापक यादवको भनाइ रहेको छ त्यसैगरी प्राध्यापक प्रमोद कुशवाले विद्यार्थीहरूले केवल किताबी ज्ञान मात्र नपुग्ने भएकोले अब प्राविधिक ज्ञानको सँगसँगै अतिरिक्त ज्ञानको पनि विद्यार्थीहरूमा भण्डारण हुन जरुरी रहेको बताए अब हिजोका किताबका विषयहरु रटेर जागिर पाउने आशा र अपेक्षा शिक्षा सँगसँगै अन्य सीपको पनि ज्ञान हुन उत्तिकै महत्वपूर्ण रहेको प्राध्यापक कुशवाहले धारणा राख्नुभएको थियो। त्यसैगरी डाक्टर उमेश चौरसियाले विद्यार्थीहरूले आफ्नो भविष्य निर्धारण गर्नु छ भने वा लक्ष्यमा पुग्नु छ भने किताबको ज्ञान सँगसँगै विभिन्न अतिरिक्त क्रियाकलाप एवं सामाजिक उत्तरदायित्व र आफ्नो जिम्मेवारी के हो भन्ने विषयमा पूर्णरूपमा ज्ञान भएको खण्डमा ती विद्यार्थीहरू आफ्नो लक्ष्यमा पुग्न सफल हुने धारणा राख्नुभएको थियो।
विदाई समारोहमा डाक्टर कृपा सिन्धु चौधरी सिद्धार्थ इन्टरनेसनल स्कुलका प्रिन्सिपल रेनुका गिरी सिद्धार्थ इन्टरनेसनल कलेजका डाइरेक्टर वीरेन्द्र पण्डित लगायतले आआफ्नो शुभकामना तथा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभएको थियो। विदाई समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए। भने कलेजले विद्यार्थीहरुलाई प्रमाणपत्रले सम्मानित गरिएको थियो। कार्यक्रमको सहजीकरण कलेजका एमडी सरोज आलमले गरेका थिए

















COMMENTS