$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

राष्ट्रिय सहकारी बैंकमा ऋण व्यवस्थापन क्षमता विकास तालिम शुरु उद्यमशीलतामा जोड दिनुपर्ने

राष्ट्रिय सहकारी बैंक तथा को अपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजनामा आज बीरगञ्जमा एक दिने राष्ट्रिय सहकारी बैंकमा ऋण व्यवस्थापन क्षमता विका...


राष्ट्रिय सहकारी बैंक तथा को अपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजनामा आज बीरगञ्जमा एक दिने राष्ट्रिय सहकारी बैंकमा ऋण व्यवस्थापन क्षमता विकास तालिम सम्पन्न भएको छ। सहकारी संस्थाका विभिन्न विभिन्न अधिकृत सञ्चालक एवं व्यवस्थापक र कर्मचारी हरूलाई उक्त ऋण व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय सहकारी बैंकका मनोजले प्रशिक्षण दिनुभएको थियो। सहकारी संस्थाहरूलाई व्यवस्थापन गर्दै सहकारी संस्थालाई अधिकतम बचतकर्ताहरूको रकमलाई सदुपयोग गर्दै लगानी गर्ने वातावरण सिर्जना अति आवश्यकता रहेको सीएमसी क्लबका संस्थापक अध्यक्ष जिष्णु बरालले बताउनु भएको थियो। 


उहाँले भने सहकारी संस्थाहरू भनेको सानातिना बचतकर्ताहरूले बचत गर्ने र उनीहरूले हामीमाथि विश्वास गरेका कारण आज सहकार्य संस्थाहरु चलिरहेको बताउँदै यसको लगानीलाई प्रोत्साहन गर्न हामी सहकारी संस्थाका जिम्मेवार व्यक्तिहरू सधैं जिम्मेवारी ढङ्गबाट अगाडि बढ्न जरुरी रहेको बताएका छन्। सीएमसी क्लबका अध्यक्ष चन्देश्वर चौरसियाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष चौरासियाले सहकारी संस्थालाई मजबुत बनाउने उद्देश्यले बेलाबखत सहकारी संस्थामा कार्यरत कर्मचारीहरूलाई यस्ता तालिमहरु आयोजना गर्दै आइरहेकोले आगामी दिनहरूमा पनि यस्ता तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उनले भने अहिले सहकारी संस्थालाई अधिकतम बचतकर्ताहरूको रकमलाई सदुपयोग गर्दै लगानी गर्न जरुरी रहेको बताए।


 त्यसैगरी सीएमसी क्लबका निवर्तमान अध्यक्ष रवि भूषण श्रीवास्तवले सहकारी संस्थालाई उचित व्यवस्थापन गर्दै अहिले सरकारले उद्यमशीलता सँग जोडेकोले अब यस्ता विषयहरूमा सहकारीले अधिकतम लगानी गरेर बचतकर्ताहरूको आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न अति आवश्यक रहेको धारणा राख्नुभएको थियो। सहकारीले अब यस्ता उद्यमशीलताहरुको पहिचान गरेर लगानी गर्ने वातावरण सिर्जना गर्न अति आवश्यक रहेको धारणा राख्नुभएको थियो। राष्ट्रिय सहकारी बैंकका समिर मानन्धर सिएमसी क्लबका सचिव दिपेन्द्र श्रेष्ठ कोषाध्यक्ष किरण ठाकुर दिपिका श्रेष्ठ तथा विभिन्न सहकारी संस्थाका सञ्चालकहरू एवं व्यवस्थापक र कार्यकारी अधिकृतहरु कर्मचारीहरू गरी ४० जनाको उक्त तालिममा सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण महासचिव प्रदिप कुमार लोहारले गर्नुभएको थियो।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content