वडा नम्बर सातका महिलाहरुलाइ एडभान्स मेहन्दि तालिम शुरु तालिमबाट उपलब्धि हासिल गर्न वडा वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जनले बताउन...
वडा नम्बर सातका महिलाहरुलाइ एडभान्स मेहन्दि तालिम शुरु तालिमबाट उपलब्धि हासिल गर्न वडा वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जनले बताउनुभएको छ। ७ न.वडाका महिलाहरुलाइ ३०दिने एडभान्स मेहन्दि लगाउन सिकाउने तालिम उद्घाटन भएको छ।सरिता सीप कला केन्द्र बीरगंजको आयोजना र बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका महिलाहरु आत्मनिर्भर बनाउने तथा क्षमता विकास गरि उधमी ब्यबसाय वा रोजगारमा लगाउने उदेश्यले तालिम आयोजना गरेको वडा अध्यक्ष महर्जनले बताउनुभयो।
बैबाहिक तथा अन्य परियोजनका कार्यमा मेहन्दि लगाउने सीपको महत्व रहेकोले तालिम सिपबाट ब्यबहार र ब्यबसाय उपयोग गर्ने तालिमले निरन्तरता दिने वडा सचिव घनश्याम कुर्मी बताउनुभयो।तालिम उद्घाटन समारोहमा घनश्याम प्रसाद कुर्मी,स.सचिव संध्या मिश्र ,वडा सदस्य काशी साह तुरहा,दिपेन्द्र साह कानु,सुशिता रायमाझी,पुनम देवी,राम रायमाझी,मो.समिर तालिम प्रशिक्षकमा सरिता गुप्ता,सोनी कलवारले प्रशिक्षण दिनेछन।तालिममा २५ जना महिलाहरुको सहभागीता रहेका छन्



COMMENTS