दुई महिने निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा शुरु तालिमले आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरेको वडा अध्यक्ष गुप्ताले भनाइ।। ...
दुई महिने निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा शुरु तालिमले आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरेको वडा अध्यक्ष गुप्ताले भनाइ।। बिहीबार देखि इन्सपायर एजुकेशनको आयोजना तथा बीरगंज महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालय पर्सा वीरगञ्जको सहयोगमा आज देखि दुई महिने निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा शुरु संकल्प लोक सेवा आयोगको कार्यालयमा शुरु भएको छ। इन्सपायर एजुकेशन संस्थाका अध्यक्ष अशोक कुमार साहको अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सो निशुल्क लोक सेवा आयोग तयारी कक्षा उद्घाटन भएको हो। वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले बताए अनुसार हामीले आफ्नो वडाका नागरिकहरूलाई सक्षम बनाउँदै रोजगारमा अवसर प्राप्त गरुन् भन्ने उद्देश्यले विद्यार्थीहरु एवं अन्य युवा युवतीहरुलाई विभिन्न प्रकारका तालिमहरु सञ्चालन गदै आएको बताएका हुन्। आफ्नो लक्ष्य भनेको वडाबासीहरुलाइ समृद्धि र विकासको गतिमा अगाडि बढाउन सधैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भने वडा नम्बर ९ का जनताले विश्वास गरेर आफुलाई मत दिएर निर्वाचित गराउन मतदाताहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन्। तालिमको उद्घाटन समारोहमा वडा सचिव मेघराज श्रेष्ठ वडा सदस्यहरू गीता मानन्धर सोनी कुमारी पासवान लालबाबु प्रसाद कलवार नन्दकिशोर चौहान जगत समाचारका सञ्चालक एवं जन भन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई लगायतले आआफ्नो धारणा राख्नुभएको थियो
तालिममा ३० जना विद्यार्थीहरुको सहभागिता रहेको छ भने तालिम अवधिभर अशोक कुमार साहले प्रशिक्षण दिइरहनु भएको छ। तालिमको उद्घाटन समारोहमा प्रेम शंकर श्रेष्ठ दिलिप परियार लगायतले उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण श्री कान्त वैठाले गर्नु भएको थियो।







COMMENTS