१६ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम शुरु तालिममा ध्यान दिएर सिक्न वडा अध्यक्ष चौरसियाको भनाइ बीरगंज महानगरपालिका १६ न.वड...
१६ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम शुरु तालिममा ध्यान दिएर सिक्न वडा अध्यक्ष चौरसियाको भनाइ
बीरगंज महानगरपालिका १६ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम अन्तर्गत एडभान्स बेशिक तथा लेखा तालिम उद्द्घाटन शुरु भएको छ।यु डि बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको आयोजना र बिरगंज महानगरपालिका १६ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष प्रशुराम चौरसियाले आफ्नो वडाका बिधार्थी भर्खरै एस इ इ परिक्षा दिएर बसेकाहरुलाइ क्षमता विकास संगै कम्प्युटर शिक्षाबाट आउने दिनमा उधमी ब्यबसाय वा रोजगार पाउने भएकोले कम्प्युटर तालिम आयोजना गरेको बताउनुभयो ।
उनले आफ्नो वडाका वडाका लागि यस्ता तालिमहरू फेरि पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। तालिमको उद्घाटन समारोहमा सामुदायिक बिधालयका शिक्षक ,अजय कुमार साह,महिला सदस्य लवङ्गी देबी,रिता देबी प्रशिक्षक, बंशीधर गुप्ता,मनोज ठाकुर लगायत तालिममा २५ जना विधार्थीहरुको सहभागीता रहेको छ










COMMENTS