बीरगंज महानगरपालिका ७ न.वडाका विधार्थीहरुलाइ ६० दिने कम्प्युटर हार्डबेयर टेक्निसियन तथा प्रिन्टर मर्मत तालिम उद्घाटन भएको छ।प्रोफेशनल क्रिए...
बीरगंज महानगरपालिका ७ न.वडाका विधार्थीहरुलाइ ६० दिने कम्प्युटर हार्डबेयर टेक्निसियन तथा प्रिन्टर मर्मत तालिम उद्घाटन भएको छ।प्रोफेशनल क्रिएटिभ ट्रेनिङ सेन्टर प्रा ली बीरगंजको आयोजना र बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरु तथा भर्खरै एस इ इ परिक्षा दिएर बसेका बिद्यार्थीको क्षमता विकास संगै आ टि टेक्निसियन टेकनिकल कोर्ष गरि उधमी ब्यबसाय वा रोजगार पाउने उदेश्यले तालिम आयोजना गरेको महर्जनले बताए।
बर्तमान समयमा कम्प्युटर प्रबिधिको मर्मत सम्भारको कार्यमा महत्व रहेकोले तालिम सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा समेत मद्दत पुग्ने हुनाले अहिले जेन जी युवालाई रोजगारमुखी बनाउन तालिमले निरन्तरता दिने वडा सचिव घनश्याम कुर्मी बताए ।सीप सिकेर ब्यवहारमा ल्याउन उपल्बधिमुलक सफलता प्राप्त गर्ने कार्यक्रम संयोजकले मन्तब्य दिएका थिए।
तालिमको उद्घाटन समारोहमा घनश्याम प्रसाद कुर्मी,स.सचिव संध्या मिश्र ,वडा सदस्य काशी साह तुरहा,दिपेन्द्र साह कानु,सुशिता रायमाझी,पुनम देवी,राम रायमाझी,तालिम प्रशिक्षकमा इ.उद्धब गुप्ता, बंशीधर गुप्ता,हेमन्त यादब र सहायक आदित्य शर्माले प्रशिक्षण दिनेछन।
तालिममा २५ जना विधार्थीहरुको सहभागीता रहेको थियो।कार्यक्रम संयोजक बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन समारोह सम्पन्न भएको थियो।



COMMENTS