दुई महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन हुँदै तालिमबाट महिलाहरू लाभान्वित हुँदै तालिमबाट उपलब्धि हासिल गरेपछि आफ्नो सामान्य घरपरिवार च...
दुई महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन हुँदै तालिमबाट महिलाहरू लाभान्वित हुँदै तालिमबाट उपलब्धि हासिल गरेपछि आफ्नो सामान्य घरपरिवार चलाउन धेरै सहज भइरहेको सहभागी एक महिलाले बताएकी छिन्।
नारी शिल्प कला केन्द्र बीरगञ्ज वडा नम्बर ११ को आयोजना र बीरगंज महानगरपालिका वडा नम्बर ११ वडा कार्यालयको सहयोगमा उक्त दुई महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन भइरहेको छ। तालिममा सहभागी भएका महिलाहरूले विभिन्न किसिमका भोटो बनाउने देखि अन्य सामान्य घर परिवारको लागि चाहिने एडभान्स तालिमहरु सिलाउने काम आफूहरूले गरिरहेको प्रशिक्षक पार्वती कुमारी ठकुरीले बताएकी छिन्।
तालिममा ३० जना महिलाहरू सहभागी छन् उनीहरूलाई दुई सिपमा तालिम दिइरहेको प्रशिक्षक ठकुरीले बताएकी हुन्। नारीसिल्प कला केन्द्र पर्साका कोषाध्यक्ष कलादेवी दासले बताए अनुसार महिलाहरूलाई आयआर्जन तथा सीपमूलक मार्फत सामान्य घरपरिवार सञ्चालन गर्नमा आफूहरुले हरेक वर्ष यस्ता विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउने काम गर्दै आइरहेको बताएकी छु। महिलाहरूलाई आत्मनिर्भर बनाउन पहिला त आफूलाई सक्षम बनाउन आवश्यकता रहने भएकोले सोही अनुरूप महिलाहरूलाई सक्षम बनाउने उद्देश्यले यो तालिम आयोजना गरेको नारी सिल्पा केन्द्रका कोषाध्यक्ष दासले बताएकी हुन् आफ्नो संस्थाले हरेक वर्ष महिलाहरूलाई यस्ता विभिन्न तालिमहरू उपलब्ध गराएर हजारौंको घरपरिवार यस तालिमबाट उपलब्धि हासिल गरेर रोजगारीतर्फ अगाडि बढेको स्मरण समेत गराउनुभएको थियो।
महिला तथा पुरुष ले पहिला आफूलाई आत्मनिर्भर बनाउनु भन्दा पहिला आफूसँग सिप भएको खण्डमा कुनै पनि बेला कुनै पनि समयमा रोजगारी वा आफ्नै पसल खोलेर दुई चार पैसा आयआर्जनमा ठूलो टेवा पुग्ने र घरपरिवार आरामले चल्ने भएकोले यसरी सामान्य परिवारका महिलाहरूलाई निःशुल्क तालिम दिएर धेरै भन्दा धेरै उपलब्धि हासिल गरुन् भन्ने उद्देश्यले यो सिलाई कटाईको तालिम आयोजना गरिएको समेत दासले बताएकी छिन्। तालिम अवधिभर पार्वती कुमारी ठकुरीले दिइरहेकी छिन्। तालिममा सहभागी भएका महिलाहरू उनले सिकाएका सीपहरूबाट धेरै महिलाहरू अहिले लाभान्वित भइरहेका छन् तालिममा सहभागी भएका महिलाहरूको निगरानी गर्न नारी शिल्प कला केन्द्र अध्यक्ष सीता ढकाल कोषाध्यक्ष कलादेवी दास सहसचिव रिमा कर्ण सदस्यहरू सविता गिरी शिला सहनी सरस्वती हजारा लगायतले अनुगमन तथा निगरानी गरिरहनुभएको छ।













COMMENTS