संजयकुमार अग्रवाल उपाध्यक्ष निर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको हालै सम्पन्न भएको अधिवेशनले उनलाई निर्विरोध निर्वाचित गरेको छ बीरगञ्जको युवा चर्चित एवं उद्योगी एवं व्यवसायी अग्रवाल अधिवेशनबाट वीरगन्जका उद्योगी अग्रवाल उपाध्यक्ष (एशोसिएट तर्फ) पदमा निर्विरोध निर्वाचित भएका हुन्। उनको निर्वाचित भए संगै मधेस प्रदेशको सङ्घमा अब व्यवसायीहरूको हक हितका लागि आफ्नो हकअधिकार सुनिश्चित गर्न ठूलो फड्को मार्न सक्ने सम्भावना रहेको छ।
निर्वाचनपछि अग्रवालले आफूलाई निर्विरोध चयन गरिदिएकोमा मधेस प्रदेशका अध्यक्ष, कार्यसमिति सदस्य र उद्योगी व्यवसायीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा प्रदेशका उद्योगी तथा व्यवसायीहरूको हकहितको संरक्षण गर्दै आर्थिक विकास र समृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्।
अग्रवालले अग्रजहरूको मार्गदर्शन र सरोकारवालाहरूको सल्लाहलाई आत्मसात् गर्दै मधेस प्रदेशलाई औद्योगिक र व्यावसायिक रूपमा सुदृढ र व्यवस्थित बनाउने लक्ष्यसहित अघि बढ्ने बताएका छन्। अग्रवालले बताएअनुसार युवाहरूको ढुकढुकी व्यवसायहरूको हक हितका लागि आफ्नो हकअधिकार सुनिश्चित गर्न ठूलो योगदान पुर्याउने काम आफूले गर्ने बताएका छन्। अग्रवाल उपाध्यक्ष निर्वाचित भए संगै महासंघमा ठूलो फड्को मार्दै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन्। बीरगञ्जमा लामो समयदेखि व्यवसायमा आफ्नो अनुभव रहेको र यसले व्यवसायीहरूको हक हितका लागि काम गर्ने र उपलब्धिहरूलाई आफूले कार्यान्वयन गर्ने उद्घोष समेत गरेका छन्।

COMMENTS