$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

भन्सार बिन्दुमा विदेशबाट आउने तथा स्वदेशमा उत्पादन हुने सबै सामानमा अनिवार्य एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गर्न खोजेकोमा वीरगन्ज उद्योग वाणिज्य संघले कडा आपत्ति जनाएको छ ।

  वीरगन्ज उद्योग वाणिज्य संघले विदेशबाट आयात गरिने तथा नेपालबाट विदेशमा निर्यात गरिने सामानमा अनिवार्य एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था खार...


 वीरगन्ज उद्योग वाणिज्य संघले विदेशबाट आयात गरिने तथा नेपालबाट विदेशमा निर्यात गरिने सामानमा अनिवार्य एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था खारेज गर्न सरकारसंग माग गरेको छ।

नेपाल सरकारले २०८२ चैत २६ गते जारी गरेको सूचनाअनुसार भन्सार बिन्दुमा विदेशबाट आउने तथा स्वदेशमा उत्पादन हुने सबै सामानमा अनिवार्य एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गर्न खोजेकोमा वीरगन्ज उद्योग वाणिज्य संघले कडा आपत्ति जनाएको छ ।संघका अध्यक्ष हरि प्रसाद गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय एकाएक र हठात् रूपमा लागू गर्न असम्भव भएको बताउँदै आयात र आन्तरिक बजारमा नकारात्मक प्रभाव पार्ने बताएका छन् ।उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा (ञ) मा उल्लेख भए पनि सरोकारवालासँग कुनै छलफल र अन्तर संवाद नगरी एकपक्षीय रूपमा एमआरपी लागू गर्ने सरकारको निर्णय निजी क्षेत्रमैत्री नभएको संघको ठहर छ ।


छिमेकी देश भारतमा एमआरपी केवल एमएमसीजी र साना मेशिनरी सामानमा मात्र लागू गरिएको भएता पनि नेपालमा भने सबै प्रकारका वस्तु तथा सामानमा बाध्यकारी रूपमा एमआरपी लागू गर्नुपर्ने व्यवस्था अव्यवहारिक रहेको संघको भनाइ छ ।

संघले अन्तर्राष्ट्रिय बजार मूल्य र विदेशी मुद्राको मूल्य प्रतिक्षण परिवर्तन भइरहने युगमा आयातित सामानको एमआरपी निर्धारण कसरी गर्ने र कुन मूल्यलाई आधार मान्ने भन्ने स्पष्टता नभएको प्रश्न उठाएको छ । सानो बजार र सानो अर्थतन्त्र भएको नेपालजस्तो देशमा साना खुद्रा विक्रेताहरूले पाउने निश्चित नाफा कसरी निर्धारण गर्ने, थोरै परिमाणमा हुने आयात, हार्मोनिक कोड परिवर्तन गर्ने प्रचलन, तथा एमआरपी को ४० देखि ५० प्रतिशतलाई भन्सार मूल्याङ्कन गर्ने सरकारको नीति जस्ता व्यवहारिक कठिनाइहरूले एमआरपी लागू गर्न अत्यन्त कठिन रहेको जनाएको छ । यस्ता विरोधाभासपूर्ण अवस्थाहरू हल नभएसम्म एमआरपी लागू गर्न नमिल्ने संघको धारणा छ ।

त्यसैले संघले हाललाई एमआरपी लागू गर्ने निर्णय स्थगित गर्न र पहिले गहन अध्ययन, बजार अनुसन्धान तथा निजी क्षेत्रको पूर्ण सहभागितामा एक सशक्त समिति गठन गरी व्यावहारिक मापदण्ड तयार पार्नुपर्ने माग गरेको छ ।




सरकारको उक्त निर्णयकै कारण आज(मंगलबार) वीरगन्ज भन्सार लगायत देशका विभिन्न भन्सार कार्यालयबाट आयातित सामानको भन्सार जाँचपास हुन नसकेको संघले जनाएको छ । भन्सार पास नहुँदा मुलुकको आपूर्ति शृङ्खलामा गम्भीर नकारात्मक असर पार्ने, राजस्व सङ्कलनमा कमी ल्याउने र अन्ततः मुलुकको अर्थतन्त्र नै प्रभावित हुने संघले चेतावनी  दिएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content