ज्ञान्दा एकेडेमी +२ का १२ का विद्यार्थीहरूको भव्यरूपमा विदाई समारोह सम्पन्न। विद्यार्थीहरूले आफ्नो लक्ष्य निर्धारण गर्न अति आवश्यक भएको नेपाल राष्ट्र बैंकका शाखा उपनिर्देशक सुशील पौडेलले थप उच्च शिक्षाको सफलताको शुभकामना दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी रुपमा अगाडि बढ्न विद्यार्थीहरूलाई सुझाव दिनुभएको छ ।
विदाई कार्यक्रम समारोहमा प्रमुख अतिथि पौडेलले दीप प्रज्वलित गरी उक्त कार्यक्रम उद्घाटन गर्नुभएको हो। उनले भने विद्यार्थीहरू आफ्नो लक्ष्य प्राप्तिका लागि किताबी ज्ञान सँगसँगै अतिरिक्त क्रियाकलापको पनि आवश्यकता रहने बताएका छन्। उनले भने विद्यार्थीहरूले अहिले बैंकिङ क्षेत्रमा काम गर्न चाहेको खण्डमा जुनसुकै विषयको अध्ययन गरेको भएपनि हुने बताउँदै यसका निम्ति विद्यार्थीहरूले आफ्नो लक्ष्य हासिल गर्न सफल हुन जरुरी रहेको बताए। कक्षा ११का विद्यार्थीहरूले आयोजना गरिएको विदाई समारोह कार्यक्रममा उक्त कुरा बताएका छन।
ज्ञान्दा एकेडेमीका सीईओ (CEO)श्री राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा विदाई समारोह सम्पन्न भएको थियो। विदाई समारोहमा सिइओ कोइरालाले विद्यार्थीहरूले आफ्नो लक्ष्य निर्धारण गदै आफूले उपलब्धि हासिल गरेका ज्ञान र शिपलाई पनि व्यवहारमा उतार्दै लैजान सुझाव दिनुभएको छ। (हामीले समाजमा सकारात्मक ऊर्जा ल्याउने युवा सामाजिक अभियन्ताहरूलाई आमन्त्रण गरेर थप उपलब्धिहरू हासिल गरुन् भनेर यो कार्यक्रममा सहभागिता गराएको सिइओ कोइरालाले विद्यार्थीहरूलाई बताए। वीरगंज युवा समाजका सामाजिक अभियन्ता एवं मानव सेवा आश्रमका देवेश मानवले विद्यार्थीहरूले समाजलाई आवश्यक पर्ने समाजिक क्षेत्रमा पनि अहम भूमिका खेल्नुपर्ने र आफ्ना कलेज तथा अभिभावकहरूको भावना पनि बुझ्न जरुरी रहेको बताएका छन्।
वीरगंज युवा समाजका पुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता कमल चौलागाईं एलाइड युथ सोसाइटीका अध्यक्ष तथा युवा सामाजिक अभियन्ता सरन गुप्ता ओम कुमार झा ज्ञान्दा एकेडेमीका निर्देशक विवेक लोहव विदाई समारोहमा समाजिक क्षेत्रमा काम गरेका व्यक्तिहरूलाई सम्मानित गरिएको थियो।
कार्यक्रम संयोजक वासिम हुसेन लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण ११ का रिजा श्रेष्ठ र आहाना प्रविनले गरेका थिइन्।





COMMENTS