बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको हिमालयन पिरामिड कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूलाई भव्यरूपमा विदाई गरिएको छ। स्थानीय होटल भिसुवामा कक्षा ११ का विद्यार्थीहरूले एक समारोहको आयोजना गरी उनीहरूलाइ भव्यरूपमा विदाई गरिएको हो। हिमालयन पिरामिड कलेजका प्रिन्सिपल संजय कुमार सिंहको अध्यक्षतामा उक्त बिदाइ समारोहमा प्रिन्सिपल सिंहले अब उच्च शिक्षाको सफलताको शुभकामना व्यक्त गदै आफ्नो भविष्य उज्ज्वल बनाउन थप मेहनतको खाचो रहेको बताएका थिए। कलेजमा अध्ययनरत विद्यार्थीहरूले राम्रो कुराहरूलाई अँगाल्दै नराम्रा कुराहरुलाई आजको दिनबाट बिर्सन समेत सुझाव दिनुभएको थियो।
विदाई समारोहमा प्रिन्सिपल सिंहले बिदाइ गदा आफ्नो घरको सदस्य पराइको घरमा पठाएको जस्तो महसुस गरिएको बताउदै अबको आफ्नो गन्तव्य निश्चित रुपमा सफल होस् भन्दै कलेजबाट गर्नुपर्ने सहयोग सधैँ रहने प्रतिबद्धता समेत जनाएका छन्। बिदाइ समारोहमा हिमालयन पिरामिडका कलेजका निर्देशक बिजय यादव कलेजका सञ्चालक विरेन्द्र कुमार यादव मनोज केशरी प्रविन सिंह लगायतले आआफ्नो धारणा राख्ने क्रममा विद्यार्थीहरूले आफ्नो निश्चित लक्ष्य तय गर्न अति आवश्यक रहेको र आफ्ना आमाबुवाहरूको इच्छा पनि पूरा गर्नुपर्ने दायित्व आफ्नो काँधमा आउने भएकोले त्यही अनुसार अगाडि बढ्न अति आवश्यक रहेको बताएका छन्
संचालक एवं संस्थापक गणित विषयका प्राध्यापक प्रवीण सिंह, रसायनशास्त्रका प्राध्यापक मनोज केसरी तथा कम्प्युटर विषयका प्राध्यापक विरेंद्र यादव लगायतले आआफ्नो धारणा राख्ने क्रममा विद्यार्थीहरूलाई आफ्नो भविष्यलाई लिएर निश्चित गन्तव्यमा पुग्न र अभिभावकहरुको चाहना अनुसार काम गर्न सुझाव दिँदै आफ्नो कलेजको नाम उचाइमा पुर्याउन अपिल गर्दै शुभकामना व्यक्त दिनुभएको थियो।
, अङ्ग्रेजी बिषयका बिनोद कुमार श्रीवास्तवले कार्यक्रमको कोर्डिनेटर गर्नु भएको थियो।
कार्यक्रमको सञ्चालन तथा संचालन मोहम्मद काउसार, उज्जवल यादव, आदित्य यादव, काजल चौधरी र शिना परवीनले सहयोग गरेका थिए। कार्यक्रमको सहजीकरण रेनु यादव र अफ्रिन खातुनले गरेकी थिइन्।











COMMENTS