$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेशनल एकेडेमी क्याम्पसद्वारा स्वागत तथा कक्षा 12 का विद्यार्थीहरूको विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न!

 नेशनल एकेडेमी क्याम्पसले  कक्षा १२ का विद्यार्थीहरूको भव्य रूपमा बिदाई  तथा सम्मान र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत  कार्यक...



 नेशनल एकेडेमी क्याम्पसले  कक्षा १२ का विद्यार्थीहरूको भव्य रूपमा बिदाई  तथा सम्मान र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत  कार्यक्रम भव्य रूपमा होटल क्लार्कमा  सम्पन्न भएको छ।  नेशनल एकेडेमी कलेजका क्याम्पस प्रमुख केदार प्रसाद शाहको सभापतित्व तथा  PDG past डिस्ट्रिक्ट गवर्मेन्ट  डिस्ट्रिक्ट ३२५ एस डिएन अग्रवालको प्रमुख आतिथ्यमा सो विदाई एवं स्वागत कार्यक्रम सम्पन्न भएको हो। उनले विदाई समारोहलाई सम्बोधन गर्दै कक्षा १२ बाट पास गरेका विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरू पनि शुभकामना दिनुभएको थियो। उनले भने अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न र आफ्नो लक्ष्य निर्धारण गर्न आफुले तय गर्नुपर्ने बताएका थिए। अहिले आफू उद्योगी व्यवसायी सँगसँगै सामाजिक क्षेत्रमा लागेर लाखौं मानिसको उद्दारवादी काममा अग्रसर भएको सुनाउँदै आफू काम गर्ने संस्था इन्टरनेसनल भएकोले यस संस्था मार्फत विश्वका हरेक देशहरूमा रहेका गरिब विपन्न वर्गहरूको हितका लागि यस लायन्स क्लबले निःशुल्क स्वास्थ्य शिविर आँखा चेक जाँच शिक्षा लगायत अन्य क्षेत्रमा काम गर्दै आइरहेको स्मरण गराउनु भएको थियो।


 लायन्स क्लब एउटा समाजिक संस्था भएकोले समाजको हितका लागि आफू सदैव लागि परेकोले विद्यार्थीहरू पनि यस्ता संस्थाहरूमा जोडिनु अति आवश्यक रहेको प्रमुख अतिथि डीएन अग्रवालले सुझाव दिनुभएको छ  कार्यक्रममा national academy क्याम्पसका डाइरेक्टर  इन्दु शेखर मिश्रा डाइरेक्टर बलराम श्रेष्ठ डाइरेक्टर राजकुमार सहनी जगत समाचारका सञ्चालक जगत राई  kedia आँखा अस्पतालका व्यवस्थापक प्रकाशवर्मा  लगायतले आआफ्नो शुभकामना दिने क्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना समेत गरेका थिए।  कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डिएन अग्रवाल द्वारा पानसमा बत्ती बालेर उद्घाटन  गर्नु  भएको थियो।


कार्यक्रममा  क्याम्पसका निर्देशकहरू इन्दुशेखर मिश्र, बलराम श्रेष्ठ, राजकुमार शाह जगत समाचजगत राई लगायतले यस कलेजले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाहरूमा पनि उल्लेखनीय योगदान गरेको चर्चा गर्दै यस कलेजबाट अध्यापन गरेका विद्यार्थीहरू अहिले विभिन्न सरकारी तथा निजी क्षेत्रहरूमा अद्भुत रुपमा उल्लेखनीय उच्च पदस्थमा काम गरिरहेको चर्चा समेत गरिएको थियो। विगतका विद्यार्थीहरुले गरेका प्रशंसाहरुलाई अहिलेका विद्यार्थीहरुले पनि त्यस्तै नामहरू उज्ज्वल बनाउन सुझाव दिएका छन् प्रमुख अतिथि अतिथिहरूले विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न  शुभकामना दिँदै आफ्नो लक्ष्य निर्धारण गर्न सुझाव दिएका थिए साथै असल र समाजिक उत्तरदायित्व बहन गर्ने खालका शिक्षाहरू हासिल गर्दै अनुशासनमा रहन र कलेजको नाम तथा अभिभावकहरूको आशा र भरोसालाई ख्याल गर्दै अगाडि बढ्न विद्यार्थीहरूलाई सुझाव समेत दिएका थिए।   विदाई समारोहमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुति समेत गरिएको थियो। विदाई समारोहमा प्रमुख अतिथि अतिथिहरूले विद्यार्थीहरूलाई मायाको चिनोले सम्मानित समेत गरेका थिए विद्यार्थीहरूले स्वागत नृत्य, शुभकामना मन्तव्य, एकल तथा समूह नृत्य, र्‍याप गीत तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका हुन । कुमकुम कुमारी, कृति प्याकुरेल, अमित पटेल, सजिया खातुन लगायतका विद्यार्थीहरूको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।

त्यस अवसरमा अतिथिहरूले विद्यार्थीहरूलाई अनुशासन, अध्ययनप्रति लगाव र भविष्य निर्माणका लागि सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिएका थिए। वक्ताहरूले  कलेजले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।

कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि तथा विद्यार्थीहरूलाई खाजा तथा टिका लगाएर बिदाई गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य ज्योतिकुमारीले गरेकी थिइन् भने  सहजीकरण कलेजका सञ्चालक बलराम श्रेष्ठले गर्नुभएको थियो।










COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content