$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेस विश्वविद्यालय डीन कार्यालयको अग्रसरता : मधेशका कक्षाकोठामा AI शिक्षाको नयाँ सुरुआत

मधेस विश्वविद्यालय डीन कार्यालयको अग्रसरता : मधेशका कक्षाकोठामा AI शिक्षाको नयाँ सुरुआत मधेस विश्वविद्यालय को डीन कार्यालयको पहलमा कृत्रिम ब...

मधेस विश्वविद्यालय डीन कार्यालयको अग्रसरता : मधेशका कक्षाकोठामा AI शिक्षाको नयाँ सुरुआत

मधेस विश्वविद्यालय को डीन कार्यालयको पहलमा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी ज्ञान र प्रविधिको पहुँच अब मधेशका कक्षाकोठासम्म विस्तार हुन थालेको छ। आधुनिक शिक्षण प्रणालीलाई प्रविधिसँग जोड्ने उद्देश्यका साथ आयोजित तीन दिने विशेष AI प्रशिक्षण कार्यक्रम दिपनारायण पञ्चगाउँ बहुमुखी कलेजमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कलेज मधेस विश्वविद्यालय सँग आबद्ध रहेको छ।

२०८३ साल वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रम मधेस विश्वविद्यालय को डीन कार्यालयको विशेष पहल तथा आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (AI) के हो, यसले कसरी कार्य गर्छ, र शिक्षण सिकाइदेखि दैनिक जीवनसम्म यसलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

प्रशिक्षण कार्यक्रमको सञ्चालन इन्जिनियर सञ्जय शाह ले गर्नुभएको थियो। उहाँ मधेस विश्वविद्यालय को केन्द्रीय क्याम्पसमा सहायक प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। कार्यक्रममा बीपीएएमका विद्यार्थीहरू, विज्ञान, गणित, अंग्रेजी तथा सामाजिक अध्ययन संकायका शिक्षकहरूका साथै पूर्व-प्राथमिक तहका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिमका क्रममा सहभागीहरूलाई AI को आधारभूत अवधारणा, यसको कार्यप्रणाली तथा शिक्षण क्षेत्रमा यसको व्यावहारिक प्रयोगबारे जानकारी दिइएको थियो। विशेषगरी पाठ योजना निर्माण, समय व्यवस्थापन, अध्ययन सामग्री तयारी, विद्यार्थीलाई सिर्जनात्मक तथा नवीन तरिकाले सिकाउने विधि, र जटिल विषयवस्तुलाई सरल रूपमा प्रस्तुत गर्न AI कसरी उपयोगी बन्न सक्छ भन्ने विषयमा व्यावहारिक अभ्याससमेत गराइएको थियो।

कार्यक्रममा सहभागी शिक्षकहरूले AI को उपयोगिता र शिक्षण क्षेत्रमा यसको सम्भावनाप्रति अत्यन्त सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए। एक प्राथमिक तहका शिक्षकले प्रशिक्षणपछि प्रतिक्रिया दिँदै भन्नुभयो,

“मलाई केही विषयवस्तु विद्यार्थीलाई बुझाउन सधैं कठिनाइ हुन्थ्यो, तर अहिले AI को माध्यमबाट ती विषयहरू सजिलै र प्रभावकारी रूपमा बुझाउन सकिने रहेछ। यस्तो प्रशिक्षण त धेरै पहिल्यै हुनुपर्थ्यो।”

कार्यक्रमको मुख्य उद्देश्य आधुनिक प्रविधि र शिक्षण प्रणालीबीचको दूरी कम गर्दै शिक्षक तथा विद्यार्थीलाई डिजिटल युगअनुकूल बनाउनु रहेको आयोजकले बताएका छन्। मधेस विश्वविद्यालय को डीन कार्यालयले शिक्षामा नवीन प्रविधिको प्रयोगलाई संस्थागत गर्दै मधेश प्रदेशका विद्यालय तथा कलेजहरूमा प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण पहल गरेको सहभागीहरूले बताएका छन्।

प्रशिक्षक इन्जिनियर सञ्जय शाह ले कृत्रिम बुद्धिमत्ता अब केवल प्राविधिक क्षेत्रसम्म सीमित नरहेको उल्लेख गर्दै विज्ञान, गणित, सामाजिक अध्ययनदेखि प्रारम्भिक बाल शिक्षासम्म यसको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको बताउनुभयो। उहाँले मधेश प्रदेशका विद्यालय तथा कलेजहरूमा यस्ता AI सम्बन्धी प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस कार्यमा मधेस विश्वविद्यालय को डीन कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो।

शिक्षामा प्रविधिको समुचित प्रयोगमार्फत गुणस्तरीय र प्रभावकारी शिक्षण प्रणाली विकास गर्ने दिशामा मधेस विश्वविद्यालय को डीन कार्यालयको यो पहल मधेश प्रदेशकै लागि एक सकारात्मक र दूरदर्शी कदमका रूपमा हेरिएको छ।मधेस विश्वविद्यालय डीन कार्यालयको अग्रसरता : मधेशका कक्षाकोठामा AI शिक्षाको नयाँ सुरुआत

मधेस विश्वविद्यालय को डीन कार्यालयको पहलमा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी ज्ञान र प्रविधिको पहुँच अब मधेशका कक्षाकोठासम्म विस्तार हुन थालेको छ। आधुनिक शिक्षण प्रणालीलाई प्रविधिसँग जोड्ने उद्देश्यका साथ आयोजित तीन दिने विशेष AI प्रशिक्षण कार्यक्रम दिपनारायण पञ्चगाउँ बहुमुखी कलेजमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कलेज मधेस विश्वविद्यालय सँग आबद्ध रहेको छ।

 उक्त प्रशिक्षण कार्यक्रम मधेस विश्वविद्यालय को डीन कार्यालयको विशेष पहल तथा आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (AI) के हो, यसले कसरी कार्य गर्छ, र शिक्षण सिकाइदेखि दैनिक जीवनसम्म यसलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

प्रशिक्षण कार्यक्रमको सञ्चालन इन्जिनियर सञ्जय शाह ले गर्नुभएको थियो। उहाँ मधेस विश्वविद्यालय को केन्द्रीय क्याम्पसमा सहायक प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। कार्यक्रममा बीपीएएमका विद्यार्थीहरू, विज्ञान, गणित, अंग्रेजी तथा सामाजिक अध्ययन संकायका शिक्षकहरूका साथै पूर्व-प्राथमिक तहका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिमका क्रममा सहभागीहरूलाई AI को आधारभूत अवधारणा, यसको कार्यप्रणाली तथा शिक्षण क्षेत्रमा यसको व्यावहारिक प्रयोगबारे जानकारी दिइएको थियो। विशेषगरी पाठ योजना निर्माण, समय व्यवस्थापन, अध्ययन सामग्री तयारी, विद्यार्थीलाई सिर्जनात्मक तथा नवीन तरिकाले सिकाउने विधि, र जटिल विषयवस्तुलाई सरल रूपमा प्रस्तुत गर्न AI कसरी उपयोगी बन्न सक्छ भन्ने विषयमा व्यावहारिक अभ्याससमेत गराइएको थियो।

कार्यक्रममा सहभागी शिक्षकहरूले AI को उपयोगिता र शिक्षण क्षेत्रमा यसको सम्भावनाप्रति अत्यन्त सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए। एक प्राथमिक तहका शिक्षकले प्रशिक्षणपछि प्रतिक्रिया दिँदै भन्नुभयो,

“मलाई केही विषयवस्तु विद्यार्थीलाई बुझाउन सधैं कठिनाइ हुन्थ्यो, तर अहिले AI को माध्यमबाट ती विषयहरू सजिलै र प्रभावकारी रूपमा बुझाउन सकिने रहेछ। यस्तो प्रशिक्षण त धेरै पहिल्यै हुनुपर्थ्यो।”

कार्यक्रमको मुख्य उद्देश्य आधुनिक प्रविधि र शिक्षण प्रणालीबीचको दूरी कम गर्दै शिक्षक तथा विद्यार्थीलाई डिजिटल युगअनुकूल बनाउनु रहेको आयोजकले बताएका छन्। मधेस विश्वविद्यालय को डीन कार्यालयले शिक्षामा नवीन प्रविधिको प्रयोगलाई संस्थागत गर्दै मधेश प्रदेशका विद्यालय तथा कलेजहरूमा प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण पहल गरेको सहभागीहरूले बताएका छन्।

प्रशिक्षक इन्जिनियर सञ्जय शाह ले कृत्रिम बुद्धिमत्ता अब केवल प्राविधिक क्षेत्रसम्म सीमित नरहेको उल्लेख गर्दै विज्ञान, गणित, सामाजिक अध्ययनदेखि प्रारम्भिक बाल शिक्षासम्म यसको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको बताउनुभयो। उहाँले मधेश प्रदेशका विद्यालय तथा कलेजहरूमा यस्ता AI सम्बन्धी प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस कार्यमा मधेस विश्वविद्यालय को डीन कार्यालयले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो।

शिक्षामा प्रविधिको समुचित प्रयोगमार्फत गुणस्तरीय र प्रभावकारी शिक्षण प्रणाली विकास गर्ने दिशामा मधेस विश्वविद्यालय को डीन कार्यालयको यो पहल मधेश प्रदेशकै लागि एक सकारात्मक र दूरदर्शी कदमका रूपमा हेरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content