$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बिरगंजका बीडीएस (BDS) चौथो वर्षका विद्यार्थीले दन्त एनेस्थेसियासम्बन्धी विश्वप्रसिद्ध पाठ्यपुस्तक

 नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बिरगंजका बीडीएस  (BDS)  चौथो वर्षका विद्यार्थीले दन्त एनेस्थेसियासम्बन्धी विश्वप्रसिद्ध पाठ्यपुस्तकमा...




 नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बिरगंजका बीडीएस  (BDS)  चौथो वर्षका विद्यार्थीले दन्त एनेस्थेसियासम्बन्धी विश्वप्रसिद्ध पाठ्यपुस्तकमा रहेको एक महत्वपूर्ण त्रुटि पहिचान गरी अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।

कलेजकी विद्यार्थी सोनाली गुप्ताले Handbook of Local Anesthesia (7th Edition, South Asia Edition)  अध्ययन गर्ने क्रममा म्याक्सिलरी एनेस्थेसियासम्बन्धी अध्यायमा रहेको तथ्यगत असंगति औंल्याएकी थिइन्। उक्त पुस्तकमा इन्फेरियर एल्भियोलर नर्भ ब्लकलाई म्याक्सिलरी नर्भ ब्लकको उदाहरणका रूपमा उल्लेख गरिएको थियो, जुन एनाटोमिक दृष्टिकोणले त्रुटिपूर्ण रहेको उनले प्रमाणसहित स्पष्ट पारेकी थिइन्।

उनले इन्फेरियर एल्भियोलर नर्भ वास्तवमा ट्राइजेमिनल नर्भ (CN V)  को म्यान्डिबुलर डिभिजन (V3)  अन्तर्गत पर्ने शाखा भएको उल्लेख गर्दै वैज्ञानिक रूपमा सही मार्ग (Trigeminal nerve → Mandibular nerve → Inferior alveolar nerve) प्रस्तुत गरेकी थिइन्।

विद्यार्थी गुप्ताले उक्त विषयमा पुस्तकका लेखकसँग औपचारिक रूपमा सम्पर्क गरी सुधारको सुझाव प्रस्तुत गरेपछि लेखकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। लेखकले उक्त त्रुटि स्वीकार गर्दै आगामी संस्करणमा सच्याइएको जानकारी दिएका छन् र विद्यार्थीको अनुसन्धानात्मक प्रयासप्रति आभार व्यक्त गरेका छन्।

यस उपलब्धिले नेशनल मेडिकल कलेजका विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता, अनुसन्धानप्रति प्रतिबद्धता तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने क्षमतालाई उजागर गरेको छ। कलेजले यस्ता प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै गुणस्तरीय चिकित्सा शिक्षामा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

“ज्ञान, अनुसन्धान र उत्कृष्टताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन” भन्ने लक्ष्यका साथ नेशनल मेडिकल कलेज अगाडि बढिरहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content