ऐले सम्वत ५०८६ भव्य रूपमा किराँत राई समुदायहरूले उभौली साकेला पर्व मनाएका छन् किरात राई यायोक्खा जिल्ला कार्यसमिति बारा पर्साको संयुक्त आयो...
ऐले सम्वत ५०८६ भव्य रूपमा किराँत राई समुदायहरूले उभौली साकेला पर्व मनाएका छन् किरात राई यायोक्खा जिल्ला कार्यसमिति बारा पर्साको संयुक्त आयोजनामा बारा जिल्लाको पथलैया स्थित किरात भूमिथान पथलैयामा येले सम्वत ५०८६ उभौली साकेला पर्व धुमधामले सम्पन्न भएको छ। किरात राई यायोक्खा जिल्ला कार्यसमिति बाराका अध्यक्ष सुरेश राईको अध्यक्षता तथा किरात राई यायोक्खाका केन्द्रीय सदस्य जगत राईको प्रमुख आतिथ्यमा उक्त उभौली साकेला पर्व सम्पन्न भएको हो। प्रमुख अतिथि राईले आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्न एकजुट हुन अति आवश्यक रहेको धारणा राख्नुभएको थियो।
उनले भने हामी राई समुदायहरू प्राकृतिकका पुजारी भएकाले जल जमिन हावापानी माटो बिरुवा लगायत पुज्ने भएकाले हामी अन्य समुदायभन्दा उच्च मानवताको रुपमा पहिचान स्थापित गरेका छौं भन्दै उभौलीको अर्थ अब गर्मीयाम सुरु भएसँगै तराईबाट चराचुरुङ्गीहरू पहाडतिर अर्थात् चिसो मौसमतिर लाग्ने र अन्न बालीहरू लगाउने समय आयो भनेर उभौली मनाउने प्रचलन रहिआएको प्राचीन इतिहास कालखण्डमा उल्लेख गरिएको भनेर राईले बताएका थिए। वैशाखे पूर्णिमाको दिन यो उभौली पर्व साकेला सुरु भई १५ दिनसम्म मनाउने परम्परा रहँदै आयोगले यसलाई आफ्नो ठाउँ बाट आआफ्नो भेषभुषाबाट नाचगान गर्दै चराचुरुङ्गीहरूको बाघ भालुहरूको शैलीमा नृत्य गरेर झाँकीहरू प्रदर्शन गरि मनाउने चलन रहेको केन्द्रीय सदस्य राईले बताएका छन् त्यसैगरी किरात राई यायोक्खाका वरिष्ठ सल्लाहकार दिनेश राईले हामी नेपालका विभिन्न बहुजात जातीय बहुधार्मिक बहुसांस्कृतिक समुदायका एकमध्ये राइ समुदाय को पनि आफ्नो छुट्टै संस्कार संस्कृति पहिचान भाषा भएकोले यसलाई राज्यले संरक्षण गर्न जरुरी रहेको बताएका छन्।
नेपालको इतिहास कालखण्डमा राई समुदायहरूको आफ्नो छुट्टै पहिचान भाषा संस्कृति खानपिन रितिरिवाज रहनसहन भएको यो राई समुदायको राज्यले सम्मान गर्न जरुरी रहेको धारणा राख्नुभएको थियो। किराँत राई यायोक्खा जिल्ला कार्यसमिति पर्साका कार्यवाहक अध्यक्ष चन्द्रबान्तवाले स्वागत मन्तव्य राख्नुभएको थियो उभौली साकेला कार्यक्रममा किरात राई यायोक्खा बाराका वरिष्ठ सल्लाहकार भुवान राई उपाध्यक्ष पुष्प राई सचिव सपना राई सदस्यहरू निर्मला राई मिलन राई ज्ञानबहादुर राई सर्वधन राई र किरात राई यायोक्खा जिल्ला कार्यसमिति पर्साका कोषाध्यक्ष तारा श्रेष्ठ राई सदस्यहरू सिंहबहादुर राई इसीका राई देवीक्षा राई झुमा राई तथा अन्य समुदायहरूको उपस्थिति थियो नाक्छुङ कृष्णबहादुर राईले आफ्नो मुन्दुम मार्फत राई समुदायहरूलाई आशीर्वाद प्रदान गर्नुभएको थियो।














COMMENTS