पर्सा जिल्लाको ठोरी गाउँपालिका को वडा न १ मा आज "जनता को घरदैलो मा doctor" कार्यक्रम सम्पन्न भएको छ,प्रभु होस्पिटल बिरगंज को सहका...
पर्सा जिल्लाको ठोरी गाउँपालिका को वडा न १ मा आज "जनता को घरदैलो मा doctor" कार्यक्रम सम्पन्न भएको छ,प्रभु होस्पिटल बिरगंज को सहकार्य र नागरिक समाज ठोरी को आयोजना मा भएको उक्त कार्यक्रममा 159 महिला र 100 जना पुरुष सहित जम्मा 250 जना को निशुल्क स्वास्थ्य चेक जाँच,सुगर कीट द्वारा सुगर चेकजाच एवं निशुल्क औषधि बितरण कार्यक्रम सम्पन्न भएको छ।गरिव बिपन्न र पहुच नभएको बिरामी जो हस्पिटल सम्म पुग्न नसक्ने अवस्था मा छन ती बिरामी लाई वीराम कै घरदैलो मा पुगि उओअचार परामर्श दिने गरि येस्ता कार्यक्रम को आयोजना गरिएको हो।स्थानीय सन्तोष श्रेष्ठको समन्वय र स्थानीय प्रतिनिधि सभा सान्सद टेक बहादुर शाक्री को प्रमुख आतिथ्य मा भएको कार्यक्रम मा प्रभु हस्पिटल वीरगन्ज का हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रयास तिमल्सिना एवं डा सुरुची श्रेष्ठले सेवा दिनु भएको थियो।
साथै यश कार्यक्रम मा विशेष पहल गर्नु भएको साम्सद टेकबहादुर शाक्य ज्यु ले अगामी दिन मा यस्ता कार्यक्रम लाई निरन्तरता दिन सहयोग पुअर्याउने प्रतिबद्धता गर्नु भएको छ।उक्त कार्यक्रम मा कार्यक्रम प्रमुख दिलिप राज कार्की ले हस्पिटल व्यवसायिक रुपमा मात्र नभई सेवा मुखी हुने गरि जनता सङ्ग हातेमालो गर्नु पर्छ भनेर यस्ता कार्यक्रम को आयोजना गरिरहेको र गरिरह्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।बिकट र दुर्गम क्षेत्र मा हस्पिटल र नगरिक अगुवा ले आयोजना गर्नु भएको उक्त मा ठोरी गाउँपालिका ले सहयोग र समन्वय गर्ने प्रतिबद्धता ठोरी गाउँपालिकाकी अध्यक्ष एवं उक्त घरदैलो कार्यक्रम कि विशिस्ट अतिथी गोकुली रेग्म गर्नु भएको थियो।साथै ठोरी१नम्बर वडा स्थितको बृद्धाअश्रम मा औषधि सहयोग र १६ जना आमा बुवाको स्वास्थ्य परामर्श पनि सम्पन्न गरिएको छ।




COMMENTS