वीरगन्ज महानगरपालिकाको आयोजनामा वीरगन्जस्थित घडिअर्वा पोखरी कभर्डहलमा ‘चौथो नगर राष्ट्रपति रनिङ सिल्ड तेक्वान्दो छनोट प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका सभापति गणेशमान श्रेष्ठको अध्यक्षता तथा पर्सा जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष दीपक साह कानुको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता आयोजना गरिएको हो। करिब ३०० जना खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको यस प्रतियोगितामा खेलाडीहरूको तौल र प्रदर्शनका आधारमा उत्कृष्टलाई विजेता घोषणा गरिएको थियो।
प्रतियोगिताअन्तर्गत विभिन्न तौल समूहका खेलहरू सञ्चालन गरिएका थिए। पुरुष ४५ केजी तौल समूहमा गौतम कुमार प्रजापति प्रथम, जेनिस खड्का द्वितीय तथा मोहित लिम्बू र प्रणिल थापा तृतीय भएका छन्। त्यसैगरी, ४८ केजी तर्फ आशिष कुमार सराफ प्रथम, विकी कुमार यादव द्वितीय तथा सुलभ थारु र सक्षम चौरसिया तृतीय स्थान हासिल गर्न सफल भए। ५१ केजी तौल समूहमा शिवजी कुमार पटेलले प्रथम स्थान ओगट्दा अब्राहम भुजु द्वितीय तथा जानिलाल जाफर र आयुस चौधरी तृतीय बने। ५५ केजी तर्फ स्वयममान रन्जितकार प्रथम र प्रिन्स कुमार द्वितीय भए भने अन्य प्रतिस्पर्धामा शिवम कुमार प्रथम र शेख रहमान हुसेन द्वितीय भएका छन्। यसका साथै खेलाडीहरूले पुम्से (काटा) तर्फ पनि उत्कृष्ट कौशल प्रदर्शन गरेका थिए। एकल पुरुष पुम्सेमा हबिबुल्लाह मियाँ प्रथम, आगमन ठकुरी द्वितीय तथा साजन पटेल र आयुस ठकुरी तृतीय भएका छन् भने एकल महिला पुम्सेतर्फ रोशनी मोक्तान प्रथम हुन सफल भएकी छिन्।
प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न जुरीको भूमिकामा महमद सकिल र गणेशमान श्रेष्ठ रहेका थिए। त्यसैगरी, रेफ्रीतर्फ राजेन्द्र शाही, महमद मन्सुर हवारी, विक्रान्त डङ्गोल, सोएब अख्तर र दिपेश मानन्धर लगायतले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए। कार्यक्रमको समापन गर्दै सभापति गणेशमान श्रेष्ठले यस छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बनेका खेलाडीहरूले आगामी प्रदेश स्तरीय खेल प्रतियोगितामा भाग लिने जानकारी दिएका छन







COMMENTS