वडा स्तरीय क्रिकेट प्रतियोगिता को चौथो संस्करण आज देखि सुरु. बीरगञ्ज महानगरपालिका वडा नम्बर १० द्वारा वडा स्तरीय क्रिकेट प्रतियोगिताको चौथो ...
वडा स्तरीय क्रिकेट प्रतियोगिता
को चौथो संस्करण आज देखि सुरु. बीरगञ्ज महानगरपालिका वडा नम्बर १० द्वारा वडा स्तरीय क्रिकेट प्रतियोगिताको चौथो संस्करण आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार शाह कानुले गर्नुभएको थियो सांसद कानुले भने अहिले खेलकुद क्षेत्रमा नेपालले पनि निकै इतिहास रच्ने काम गर्दै आइरहेकोमा यसरी नै वडाबाट छनोट भएका खेलाडीहरू गई भोलिका देशका लागि खेल्ने खेलाडीको रुपमा पहिचान हुने बताएका हुन्। हामीले शिक्षा सँगसँगै अतिरिक्त खेलक्षेत्रमा पनि विशेष ध्यान दिन जरुरी रहेकोले आआफ्नो वडाबाट खेल क्षेत्रलाई पनि ध्यान दिन अति आवश्यकता रहेको सांसद कानुनको भनाइ
हिजोका दिनहरूमा खेलाडीहरू यत्तिकै बस्नुपर्ने अवस्था रहेकोमा अब त्यस्ता दिनहरू खेलकुदबाट पनि आयआर्जन गरी आफ्नो घरपरिवार चलाउन सकिने र राष्ट्रलाई पनि पहिचान दिन ठूलो मद्दत पुग्ने धारणा राख्दै आफ्नो अन्तर्राष्ट्रिय स्तरमा पनि छुट्टै पहिचान बनाउन सकिने भएकोले क्रिकेटको अहिले धेरै महत्व र चर्चा भइरहेको सांसद कानुनको भनाइ रहेको थियो उनले भने खेलकुदले मानसिक तथा शारीरिक रुपमा स्वास्थ्य बनाउनमा पनि ठूलो भूमिका रहने सांसद कानुको भनाइ रहेको छ वडा नम्बर १० का कार्यवाहक अध्यक्ष सन्तोष जैसी चौलागाईको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन समारोहमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन nepal प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले भने अहिले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा सँगसँगै यस्ता अतिरिक्त क्रियाकलापहरु क्रिकेट फुटबल ब्याडमिन्टन चेस कबड्डी भलिबल लगायत अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरूलाई सहभागिता गराउँदै आइरहेको बताएका छन् उनले भने अहिले आफ्नो कार्यकालमा महिलाहरूलाई पनि क्रिकेट प्रतियोगितामा सहभागिता गराएर नेपालमै पहिलोपटक पर्सा जिल्लामा प्याप्सनले क्रिकेट प्रतियोगिता आयोजना गरेर इतिहास रच्न सफल भएको प्याप्सन नगर अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ। आफ्नो कार्यकालमा अझै पनि केही उपलब्धिमूलक गर्ने योजना रहेको धारणा राख्नुभएको थियो।
प्रतियोगिताको उद्घाटन समारोहमा १० वटा निजी विद्यालयहरूको मार्च पासमा सहभागिता भएकोमा प्रथम लिटिल एन्जल बोर्डिङ स्कुल दोस्रो माउन्ट मकालु बोर्डिङ स्कुल तेस्रो श्रीराम चरण पन्नालाल माध्यमिक विद्यालय भएका थिए। विजेता उपविजेताहरूलाई प्रमुख अतिथि कानुनले बधाई तथा प्रमाणपत्र दिएर सम्मानित गरिएको थियो प्रतियोगिता को उद्घाटन गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक एवं कार्यकारी अधिकृत रविभूषण श्रीवास्तव घडीअर्डा sport क्लबका अध्यक्ष सन्तोष शाह कानु वडा सचिव पवन प्रधान वडा सदस्यहरू प्रभु महत्व प्रेमशिलादेवी मिश्रदेवीनगरकोटी लगायतको उपस्थिति रहेको थियो। क्रिकेट प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको कार्यवाहक अध्यक्ष सन्तोष जैसी चौलागाईले जानकारी दिएका छन् कार्यक्रमको सहजीकरण पत्रकार क्रान्ति शाहले गरेका थिए।













COMMENTS