हरि खेतान बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक र प्रशासनबीचको विवादले क्याम्पस प्रमुख किशोरीराय यादव माथि दुर्व्यवहार तथा कालो मोसो दल्ने काम भएको छ । शिक्षक दिलिप प्रजापति र सायद लेखापाल देवलाल ठाकुरलाई वडा प्रहरी कार्यालय बिर्ताले नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको छ क्याम्पसको आन्तरिक व्यवस्थापन र सेवा सुविधालाई लिएर असन्तुष्ट जनाउदै शिक्षकहरूले बिहिबार क्याम्पस प्रमुख किशोरी राय यादवलाई कालोमसो दलेर विरोध जनाएका हुन् ।लामो समयदेखि क्याम्पसको प्रशासनिक सुधार भन्दा पनि आफ्नो पारिश्रामिक वृद्धि गर्नुपर्ने भित्री रूपमा बुझिन आएको छ उनीहरुले लामो समयदेखि विद्यार्थीहरूलाई उचालेर आन्दोलन गर्ने काम समेत गर्दै आइरहेको र क्याम्पस परिषद्भित्र रिले अनसनमा बस्ने र हाजिरी समेत गर्दै उनीहरुले दोहोरो चरित्र देखाउने काम गर्दै आइरहेका थिए नियमितता र शिक्षकहरूका माग सम्बोधन नभएको भन्दै शिक्षकहरू आन्दोलित थिए । माग पूरा गराउन दबाब दिने उद्देश्यले क्याम्पस प्रमुखलाई प्रांगणमै अचानक दुर्व्यवहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्
। “सम्वादबाट समस्या सुल्झाउनुको साटो यसरी अमानवीय व्यवहार प्रदर्शन गरिनु निन्दनीय छ,” क्याम्पसका एक कर्मचारीले भनेका छन् घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साको टोली क्याम्पस पुगेको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। क्याम्पस प्रमुख यादवले आफूमाथि भएको यो आक्रमण व्यक्तिगत मात्र नभई शैक्षिक संस्थाकै मानमर्दन भएको बताएका छन् । क्याम्पस शिक्षक दिलीप प्रजापति देवलाल ठाकुर लगायत शिक्षकहरूले कालोमोसो दलेका हुन्।
शिक्षक जस्तो मर्यादित पेशामा रहेका व्यक्तिहरूबाटै आफ्नै संस्थाको प्रमुखमाथि भएको यस प्रकारको दुर्व्यवहारले वीरगञ्जको शैक्षिक वृत्तमा ठूलो हंगामा भएको छ । शिक्षाविद्हरूले माग राख्ने अधिकार सबैलाई भए पनि विरोधको शैली अराजक र अशोभनीय भएको भन्दै घटनाको भर्त्सना गदै दोषीलाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि क्याम्पसको पठनपाठन र प्रशासनिक कार्यमा समेत असर समेत परेको छ । यो विवाद लामो समयदेखि चल्दै आइरहेको र पूर्व क्याम्पस चिफ भगवान प्रसाद यादवको ५ जनाको तलब वृद्धि भएको र सो अवधिदेखि नै विवाद चुलिँदै आएको र अहिले क्याम्पस सञ्चालकहरुले अन्य शिक्षकहरूको तलब वृद्धि गरेको र आफूहरूको पनि तलब वृद्धि हुनुपर्ने उनीहरूको भित्री रहस्य रहेको छ उनीहरूले विद्यार्थीहरूलाई केही दिन पहिला विद्यार्थीहरूलाई उचालेर क्याम्पसमा विवाद गराउने र सडकमा आन्दोलनमा उतारेको र विद्यार्थीहरूको परीक्षालाई आफैले समय अपुगको भन्दै सार्ने काम गरेको र पछि परीक्षा नै स्थगित भएपछि विद्यार्थीहरूलाई आन्दोलनमा उतारेको स्मरण गराउँदै स्वार्थ लुकाएर विद्यार्थीलाई विगतको दिनहरूमा घण्टाघरको सडकसम्म उतार्ने काम उनीहरूबाटै भएको क्याम्पसका एक शिक्षकले बताएका छन्। उनीहरूले विद्यार्थीहरूको भविष्य भन्दा पनि आफ्नो व्यक्तिगत लाभ क्याम्पसबाट खोजिरहेको र सोही क्याम्पसबाट विद्यार्थीहरू कोचिङमा पनि लिएर जाने रहस्य खुलेको छ


COMMENTS