श्री भुनेश्वरनाथ महादेवको मन्दिर तीव्र गतिमा निर्माण हुँदै असार १० गते भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम द्रुत गतिमा भइरहेको छ बीरगञ्ज ...
श्री भुनेश्वरनाथ महादेवको मन्दिर तीव्र गतिमा निर्माण हुँदै असार १० गते भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम द्रुत गतिमा भइरहेको छ
बीरगञ्ज महानगरपालिका वार्ड नम्बर ११ श्रीपुरमा रहेको श्री भुनेश्वरनाथ महादेव मन्दिर अहिले तीव्र गतिमा निर्माण भइरहेको उपभोक्ता समितिका सदस्य किसान महत्तोले बताएका छन् उनले बताएअनुसार सो मन्दिर निर्माण गर्न करिब अन्दाजी २४ लाख ७६ हजार ४४८ दुई पैसाको लागतमा तयार गर्न लागेको मन्दिर अहिले आफूहरू स्वयं मन्दिर निर्माणमा दिनरात खटिरहेको बताउँदै २०८३/१ महिना ४ गते सम्झौता भई २०८३ /३ महिना १० गते मन्दिर सम्पन्न गर्ने लक्ष्यका साथ आफू हरू र यहाँका स्थानीय बासिन्दाहरू स्वयं लागि परेको सदस्य महत्तोले बताएका हुन् उक्त मन्दिर निर्माण गर्न मधेस प्रदेशका प्रदेश सभा सदस्य लालबाबु राउत गद्दीले मधेस प्रदेशबाट धार्मिक तथा पर्यटन क्षेत्रबाट उक्त रकम उपलब्ध गराएको उपभोक्ता समितिका सदस्य महत्तोको भनाइरहेको छ श्री भुनेश्वरनाथ महादेव मन्दिरको निर्माण गर्न दिपु महत्तो धानुको अध्यक्षतामा उपभोक्ता समिति निर्माण गरिएको बताए मन्दिरको लागतको अनुमान २४ लाख ७६ हजार ४४८.२ पैसा रहेकोमध्ये जनश्रमदानबाट रु १ लाख ३६ हजार ४४८.२ पैसा रहेको छ!
श्री भुनेश्वरनाथ महादेव मन्दिर निर्माण सम्पन्न गर्न तयार गरिएको उपभोक्ता समितिका सचिव सरोज साह कानु कोषाध्यक्ष जोशी मण्डल धानुक सदस्यहरू किसान महत्व अर्जुन महतो धानुक माधव शाह कानु प्रसन्न महत्व विकास शाह सल्लाहकार जङ्गी महत्व धानु ब्रिज किशोर महत्तो र श्री भुनेश्वर नाथ महादेव मन्दिरका बाबा कृष्णगिरी लगायतको टोलीहरू अहिले दिनरात मन्दिर निर्माण गर्न खटिरहेका छन्। अहिले करिब ६०% काम सम्पन्न भइसकेको र ४०% असार १० गते सम्पन्न गर्ने लक्ष्य रहेको र सोही अनुसार स्थानीय बासिन्दाहरू र उपभोक्ता समितिका पदाधिकारीहरू दिनरात लागि परेका छन्। मन्दिर निर्माण गर्न मिस्त्री ध्रुव महत्तोको साथमा करिब एक दर्जन मजदुरहरू काम गरिरहेको उपभोक्ता समितिका सदस्य किसान महत्तोले बताएका छन्











COMMENTS