नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र साह, महासचिवमा राकेश कुमार साह, सचिवमा ओमप्रकाश कुमार सराफ तथा कोषाध्यक्षमा उपेन्द्र कुमार बरै चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुनिल कुमार ओझा, आरोहण साह, कनहिया बर्नवाल, मुकेश कुमार यादव, आदित्य शर्मा, दिपेश कुमार ठाकुर, उपेन्द्र कुमार पटेल, दिनेश प्रसाद कुशवाहा, अर्जुन कुमार दास तथा अरुण कुमार साह चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीले नवनिर्वाचित कार्यसमितिलाई खाँदा, माला तथा टिका लगाएर स्वागत गरेका थिए । उनले सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै सत्य, विश्वासिलो तथा खोजमूलक समाचार तयार गर्न पत्रकारहरूलाई सुझाव दिए । उनले क्रियाशील युवा पत्रकार मञ्च नेपालले विगतमा गरेका गतिविधिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको हितमा कलम चलाउन शुभकामना व्यक्त गरे । साथै कुनै पनि मुलुकमा मिडियाले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले राज्यले पत्रकारहरूमाथि आर्थिक नाकाबन्दी गर्दै मिडियाको शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे । उनले पत्रकारले सबैका लागि बोल्ने र लेख्ने गरे पनि पत्रकार समस्यामा पर्दा ठूला उद्यमी, व्यवसायी तथा संघसंस्थाबाट अपेक्षित सहयोग नपाएको दुखेसो व्यक्त गरे । साथै पत्रकारिता विश्वासिलो र आम जनताको रुचिको विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, ज्ञानदा माध्यमिक विद्यालयका सञ्चालक राजेन्द्र कोइराला, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुवोध गुप्ता, वर्तमान अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिटाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेश संयोजक मनोज पटेल, अशोक वैद्य तथा मञ्चका सल्लाहकार प्राध्यापक दिपक शक्यालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा पर्साका सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि शनिबार नै सम्पन्न भएको छ । संघका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।
बैठकले पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गर्ने, आगामी दिनमा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने तथा वीरगञ्जमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै जेठ महिनाभित्र रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।





COMMENTS