बीरगंज महानगरपालिका वडा नम्बर १२ मा रहेको दिलसाद फ्रेस मिट हाउस र अफरोज अंसारीलाई कारबाही गरी जरिवाना तिराएको छ। जिल्ला प्रशासन कार्या...
बीरगंज महानगरपालिका वडा नम्बर १२ मा रहेको दिलसाद फ्रेस मिट हाउस र अफरोज अंसारीलाई कारबाही गरी जरिवाना तिराएको छ।
जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले वीरगंजका विभिन्न स्थानका मासु पसलहरुको अनुगमन गर्दा मासुमा अखाद्य रंग मिलाएको, मूल्य सूची नराखेको दिलसाद फ्रेस मिट हाउस, वीरगंज-१२, पर्सालाई रु. २०,०००।– (बीस हजार) र व्यवसाय नै दर्ता नगरी मासु बिक्री वितरण गर्ने गरेको अफरोज अंसारी, वीरगंज म.न.पा.-१३, पर्सालाई रु. २०,०००।– (बीस हजार) जरिवाना गरिएको र बरामद गरिएका अखाद्य मासु जफत गरी नष्ट गरिएको छ.
COMMENTS