गौतम माध्यमिक विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुका अभिभावकहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम’ विद्यालयले आयोजना गरेको छ नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि अभिभावकहरूले गौतम स्कुलको बारेमा केही नियम कानुन अनुशासन पठनपाठन एवं अतिरिक्त प्रणाली विद्यालयको वातावरण सम्बन्धी जानकारी गराउने उद्देश्यले अभिभावकहरूको लागि अभिमुखीकरण कार्यक्रम हरेक वर्ष गरेझैँ यो वर्ष पनि यो कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासन प्रमुख रमेश शर्माले जानकारी दिनुभएको छ उनले बताए अनुसार हरेक विद्यालयको आफ्नै वातावरण विधि पद्धति एवं अनुशासनहरू के कसरी अभिभावकहरुले पालना गर्नुपर्ने हुन्छ त्यसको लागि पहिला नै अभिभावकहरुलाई जानकारी गराउने विद्यालयको परिपाटी रहेको प्रशासन प्रमुख शर्माले बताएका हुन् उनले बताएअनुसार अभिभावकहरूलाई कुन विद्यालयमा के कस्ता विधि नियम अनुशासन शैक्षिक पाठ्यक्रम एवं अध्ययन विधि र प्रक्रियाहरू जान्न अति आवश्यक हुने भएकोले यस्ता नयाँ भर्ना भएका विद्यार्थीहरूका अभिभावकहरूले जान्न बुझ्न अति आवश्यक रहने भएकोले यस्ता अभिमुखीकरण मार्फत समयमा सहज र जानकारी गराउनु पर्ने भएकोले विद्यालय प्रशासनले यो अभिमुखीकरण कार्यक्रम लक्षित गरी आयोजना गरिएको बताए।
विद्यालयका अनुसार कार्यक्रमको उद्देश्य अभिभावकहरूलाई विद्यालयको नियम तथा अनुशासन, शैक्षिक पाठ्यक्रम, अध्यापन विधि, अतिरिक्त क्रियाकलाप, परीक्षा प्रणाली तथा समग्र विद्यालयीय वातावरणबारे जानकारी गराउनु रहेको हो ।
ओरियन्टेसन कार्यक्रममा विद्यार्थीहरूको समग्र विकास तथा शैक्षिक सफलताका लागि अभिभावक र विद्यालयबीचको सहकार्यको महत्वबारे विशेष रूपमा प्रकाश पारिएको विद्यालय प्रशासनले जनाएको छ
गौतम माध्यमिक विद्यालयका प्रशासन प्रमुख रमेश शर्माले कार्यक्रममा सक्रिय सहभागिता र सहयोगका लागि सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी शैक्षिक यात्रालाई अझ फलदायी बनाउने विश्वास व्यक्त गरेका छन् गौतम स्कुललाई नै रोज्नु भएकोमा अभिभावकहरूलाई हृदयदेखि धन्यवाद एवं शुभकामना समेत विद्यालय प्रशासन प्रमुख शर्माले दिनुभएको थियो

COMMENTS