श्री बृजलाल गोयलको पाँचौं पुण्य तिथिको अवसरमा बीरगंजको घण्टाघरमा जुसपानी सर्वसाधारणलाई वितरण गर्यो। नरसिंह दास बृजजलाल गोयल वेलफेयर सोस...
श्री बृजलाल गोयलको पाँचौं पुण्य तिथिको अवसरमा बीरगंजको
घण्टाघरमा जुसपानी सर्वसाधारणलाई वितरण गर्यो। नरसिंह दास बृजजलाल गोयल वेलफेयर सोसाइटी पर्सा वीरगंजको आयोजनामा घण्टाघरमा यस संस्थाका संरक्षक एवं मार्गदर्शक एवं अभिभावक श्री वृजलाल गोयल को पाँचौं पुण्य तिथिको अवसरमा जुस पानी सर्वसाधारणलाई वितरण गरिएको संस्थाका अध्यक्ष शिवकुमार गोयलले जानकारी दिनुभएको छ हरेक वर्ष जुस वितरण गर्ने क्रममा यो वर्ष पनि घण्टाघरमा बटुहरुलाई वितरण गरिएको बताए अध्यक्ष गोयलको भनाइ अनुसार यस संस्थाले विगत १२ वर्षदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताए
श्री नरर्सिह दास बृजलाल गोयल वेलफेयर सोसाइटी पर्साले कोरोना कालमा संक्रमण भएका व्यक्तिहरूलाई आस्थालेन वितरण गर्नुका साथै चर्चित धार्मिक सन्तोषी माताको मन्दिर निर्माण गरिएको र आँखा अस्पतालसँग नेत्रदान सहयोग गर्ने र गराउने अभियानमा सक्रिय रहदै आइरहेको सोसाइती पर्साका अध्यक्ष गोयलले बताएका हुन् संस्थाले बीरगञ्ज कारागारमा रहेको समता स्कुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै उनीहरूलाई खाना खुवाउने काम समेत गरिएको अध्यक्ष गोयलको भनाइ रहेको छ।
सोसाइती पर्सा वीरगञ्जले निःशुल्क स्वास्थ्य शिविर रक्तदान कार्यक्रम र हालै मात्र नव दाम्पत्य जीवनको लागि श्री नरसिंह दास ब्रिजलाल गोयल वेल्फेयर सोसाइटी अग्रवाल निःशुल्क रिस्ता कार्यक्रम समेत सञ्चालन भइरहेको अध्यक्ष बोइलले बताएका छन् सोसाइटीले सामाजिक क्षेत्र सँगसँगै घरपरिवार मा नयाँ दाम्पत्य जीवनलाई सुन्दर बनाउन निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यले विगत १५ दिन अगाडिदेखि यो संस्था सक्रिय रहँदै आएको समेत अध्यक्ष गोलले जानकारी दिएका छन् घण्टाघरमा निःशुल्क जुस वितरण कार्यक्रममा संस्थाका अध्यक्ष शिव कुमार गोयलको नेतृत्वमा दिपेन्द्र गोयल बिपासा गोयल उज्ज्वल गोयल प्रथम गोयल तथा जनपद प्रहरी सशस्त्र प्रहरी लगायतको उपस्थित रहेको थियो।












COMMENTS