वीरगञ्जस्थित माउन्ट मकालु इंग्लिस बोर्डिङ स्कूलकी कक्षा १० मा अध्ययनरत छात्रा इशिका पटेल पर्सा जिल्ला महिला क्रिकेट टोलीमा छनोट भएकी छन्।
विद्यालयका अनुसार इशिकाले आफ्नो मेहनत, अनुशासन र खेलप्रतिको लगनशीलताका कारण यो महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएकी हुन्। उनको यस सफलताले विद्यालय परिवार मात्र नभई सम्पूर्ण समुदायलाई समेत गर्वान्वित बनाएको छ।
विद्यालय प्रशासनले इशिकालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला तथा राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ
इशिकाको यो उपलब्धिले अन्य विद्यार्थीहरूलाई पनि खेलकुदतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ। यस प्रतियोगिताले मउन्ट मकालु बोर्डिङ स्कुलको नाम उचाइमा पुराउन सफल भएकोमा प्रिन्सिपल राहुल श्रीवास्तवले खुसी व्यक्त गरेका छन् यस बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूलाई उत्तिकै महत्वपूर्ण योगदान पुर्याउन सफल हुँदै आइरहेको उनले जिकिर गरेका छन्। विद्यार्थीहरूको सार्वभौमिक विकासका लागि केवल शिक्षा मात्र नभएर यस्ता खेलकुद गतिविधिमा पनि विद्यार्थीहरुले आफ्नो भविष्य निर्धारण गर्न सक्ने भएकोले यसतर्फ पनि अभिभावकहरूले आफ्ना नानीहरुलाई अगाडि बढ्न सुझाव दिनुभएको छ।



COMMENTS