वीरगञ्ज । आमा नेपाल फाउन्डेसनको आयोजनामा वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले “शून्य फोहोर मेला–२०८१” सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ संस्थाका अध्यक्ष प्रमिला मानन्दरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ दाहालले यस्ता कार्यक्रमहरु आमा नेपाल फाउन्डेशन, वीरगञ्जले निरन्तरता दिइरहनुपर्ने बताउनुभएको छ बीरगञ्जमा प्रदूषणका कारण सिर्सिया नदी अहिले पनि कुरूप भएको र यो कुरुप बनाउने काम हामी आफैले गरिरहेकोले सचेत नागरिकको पहिचान दिन अति आवश्यक रहेको धारणा राख्नुभएको थियो
ever green technical institute health science विद्यार्थीहरूले कुहिने र नकुहिने वस्तुहरू कसरी सदुपयोग गर्ने र त्यसबाट वातावरणमा कसरी असर पर्न सक्छ भन्ने बारेमा विभिन्न नाटकहरू प्रस्तुतती गरेका थिए कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी, शिक्षक–शिक्षिका, विद्यार्थी, महिला समूह तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले वातावरणीय प्रदूषण, प्लास्टिकजन्य फोहोर, नदी तथा सार्वजनिक स्थलमा बढ्दो फोहोर व्यवस्थापनको चुनौतीबारे गम्भीर चासो व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै वक्ताहरूले “शून्य फोहोर” केवल अभियान मात्र नभई जिम्मेवार जीवनशैली भएको बताए । उनीहरूले फोहोरलाई जथाभावी फाल्ने संस्कारको अन्त्य गर्दै पुनः प्रयोग, पुनर्चक्रण तथा वातावरणमैत्री व्यवहार अपनाउनुपर्नेमा जोड दिएका थिए ।सचेतना कार्यक्रममा विशेषगरी प्लास्टिकको अत्यधिक प्रयोग, खुला स्थानमा फोहोर फाल्ने प्रवृत्ति, स्रोतमै फोहोर छुट्याउने अभ्यासको कमी, जैविक तथा अजैविक फोहोरको मिश्रण तथा अनौपचारिक फोहोर संकलनको समस्यालाई प्रमुख चुनौतीका रूपमा औंल्याइएको थियो ।
कार्यक्रममा “Reduce, Reuse, Recycle र Rethink” को अवधारणालाई मुख्य आधारका रूपमा प्रस्तुत गरिएको थियो । सहभागीहरूलाई अनावश्यक वस्तुको प्रयोग नगर्ने, फोहोर कम गर्ने, पुनः प्रयोग गर्ने, पुनर्चक्रण गर्ने तथा आफ्नो सोचमा परिवर्तन ल्याउने सन्देश दिइएको थियो ।आमा नेपाल फाउन्डेशनले विगत लामो समयदेखि महिला सशक्तीकरण, युवा नेतृत्व विकास, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइयो । संस्थाले १ हजारभन्दा बढी महिला तथा युवालाई विभिन्न तालिम प्रदान गर्नुका साथै Corn Husk Flower तथा Bamboo Handicraft जस्ता वातावरणमैत्री उत्पादनसम्बन्धी सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
त्यसैगरी विद्यालय तथा समुदायस्तरमा Zero Waste सम्बन्धी जनचेतनामूलक अभियान, महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम, वातावरण संरक्षण तथा सरसफाइ अभियान र युवाहरूको उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो ।कार्यक्रममा सहभागीहरूले सानो प्रयासबाट पनि ठूलो परिवर्तन सम्भव हुने उल्लेख गर्दै एक व्यक्तिले एउटा रुख रोप्ने, प्लास्टिकको प्रयोग घटाउने, फोहोर छुट्याउने अभ्यास गर्ने तथा Zero Waste जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले सहयोगी संस्था, विद्यालय, स्वयंसेवक, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दै “स्वच्छ वातावरण नै स्वस्थ जीवनको आधार हो” भन्ने सन्देशसहित अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा समाजसेवी अशोक वैद्य एवरग्रीन टेक्निकल इन्स्टिच्युट हेल्थ साइन्सका निर्देशक सन्जु शाह नरसिंहका चिफ मोनिका जैसवाल एवं विभिन्न व्यक्तिहरूलाई मायाको चिनोले सम्मानित गरिएको थियो। सहजीकरण सन्तोष श्रेष्ठले गरेका थिए।













COMMENTS