साउथजोन माविका विद्यार्थीहरूको निःशुल्क जनरल चेकजाँच आजदेखि सुरु भएको छ बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथ जोन माध्यमिक विद्य...
साउथजोन माविका विद्यार्थीहरूको निःशुल्क जनरल चेकजाँच आजदेखि सुरु भएको छ
बीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथ जोन माध्यमिक विद्यालयका विद्यार्थीहरूको आजदेखि तीन दिनसम्म जनरल चेकजाँच शिविर कार्यक्रम सुरु भएको छ। विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीले बताए अनुसार विद्यार्थीहरूको बेलाबखतमा स्वास्थ्य परीक्षण अति आवश्यकता रहने भएकोले आज गणतन्त्र दिवसको अवसरमा उक्त जनरल चेकजाँच निःशुल्क शिविर कार्यक्रम आयोजना गरिएको बताएका हुन्
विद्यार्थीहरू स्वास्थ्य रहे मात्र अध्यापनमा अगाडि बढ्ने भएकोले विद्यालयले यस्ता स्वास्थ्य शिविरहरु बेलाबखत गर्न अति आवश्यकता रहेकोले कुनै पनि अभिभावकहरूले आफ्ना नानीहरूलाई स्वास्थ्य क्षेत्रमा चेकजाँच गर्न समय दिन नसक्ने भएकोले विद्यालयले बेलाबखतमा यस्ता जनरल चेकजाँच शिविर आँखा शिविर दन्त शिविर लगायत विभिन्न चेक जाँच गर्ने गर्दै आइरहेको प्रिन्सिपल चौधरीले बताएका छन्। उनले भने विद्यार्थीहरू स्वास्थ्य रहे पठनपाठन गर्नमा मन लाग्ने भएकोले यस्ता शिविर हरु गर्न अति आवश्यक रहेको र अभिभावकहरूले पनि आफ्ना नानीहरूलाई बेलाबखतमा यस्ता विभिन्न खाले स्वास्थ्य परीक्षण गरिरहनु अति आवश्यक रहेको सुझाव प्रिन्सिपल चौधरीले दिनुभएको छ जनरल स्वास्थ्य शिविरमा डाक्टर सुनिल कुमार डाक्टर आशुतोष झा डाक्टर मुकुन्द श्रीवास्त डाक्टर उमेश कुमार कुशवाहा डाक्टर सन्नी फारुक अन्सारी लगायतको टोलीहरू रहेको सहायक प्रिन्सिपल अशोक संग्रौलाले बताएका छन्। शिविरमा १८५० जना विद्यार्थीहरूको चेकजाँच गरिने समेत बताएका थिए











COMMENTS