$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

होटल तथा पर्यटन व्यवसायीको आपत्ति : राज्यले गल्ती स्वीकार गर्दा पनि हामी किन आरोपित ?

 होटल तथा पर्यटन व्यवसायीको आपत्ति : राज्यले गल्ती स्वीकार गर्दा पनि हामी किन आरोपित ? जनकपुर, जेठ १६ । महोत्तरीको बर्दिबासमा रहेका होटल तथा...

 होटल तथा पर्यटन व्यवसायीको आपत्ति : राज्यले गल्ती स्वीकार गर्दा पनि हामी किन आरोपित ?


जनकपुर, जेठ १६ । महोत्तरीको बर्दिबासमा रहेका होटल तथा पर्यटन व्यवसायीहरूले बेला–बेलामा हुने घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरी पर्यटन व्यवसायीको मनोबल कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्व्यवसायीहरूले जेठ ११ गते वन कर्मचारीबाट भएको भनिएको अमर्यादित तथा अवैध व्यवहारका कारण उत्पन्न परिस्थितिप्रति राज्य पक्षले गल्ती स्वीकार गर्दै माफी मागिसकेको अवस्थामा समेत आफूहरूलाई विभिन्न आरोप लगाएर दोषारोपण गर्ने खालका सन्देशहरू प्रवाह गरिएको गुनासो गरेका हुन्।


बर्दिबासस्थित होटल गौतममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा सदस्य त्रिलोकी यादवसँग भएको छलफलमा व्यवसायीहरूले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीलगायत प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।


यसैबीच, कालापानी घटनाका विषयमा भएको विस्तृत छलफलपछि होटल तथा पर्यटन व्यवसायी संघले प्रेस विज्ञप्तिमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।


संघका महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालापानी आन्दोलनपछिको अवस्थालाई लिएर बर्दिबासस्थित पानस होटल र भण्डारी होटलका सञ्चालकमाथि केही सञ्चारमाध्यममा प्रकाशित समाचारमार्फत गरिएको दोषारोपणप्रति गम्भीर आपत्ति जनाइएको छ।


विज्ञप्तिमा यस्ता समाचारहरूले वास्तविक तथ्यलाई ओझेलमा पार्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास गरेको उल्लेख गरिएको छ। संघले घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्य र प्रमाणका आधारमा निष्पक्ष पत्रकारिता गर्न सञ्चारमाध्यमलाई आग्रह समेत गरेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content