$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

सर्बोच्च अदालतले जाफर र मंजरुलहकलाई लिखित जवाफ पेश गर्न आदेश

सर्बोच्च अदालतले जाफर र मंजरुलहकलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ वीरगंज । राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पति संरक्षण मञ्च पर्साका अध्...



सर्बोच्च अदालतले जाफर र मंजरुलहकलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ

वीरगंज । राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पति संरक्षण मञ्च पर्साका अध्यक्ष ७३ वर्षीय जाफर अन्सारी र महासचिव ६३ वर्षीय मंजरुलहक मियाँ विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

गत वैशाख ३० गते अधिवक्ता प्रभाकर मण्डलले दायर गरेको मुद्दा नम्बर ०८२ एपी ०६४१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र शान्ति सिंह थापाको संयुक्त इजलासले पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

सर्वोच्च अदालतले जेठ ४ गते जारी गरेको आदेशमा प्रेस विज्ञप्ति प्रकाशन तथा प्रसारणमार्फत अदालतको मर्यादा, निष्पक्षता र न्याय प्रशासनमा प्रतिकूल असर पर्ने कार्य गरिएको भन्दै अदालतको अवहेलना कारबाहीको माग गरिएको उल्लेख छ ।

आदेशमा “निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना प्राप्त भएको सात दिनभित्र आफैं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू” भनिएको छ ।

उक्त विवाद नेशनल मेडिकल कलेज सम्बन्धी पुरानो कानुनी विवादसँग जोडिएको छ । सर्वोच्च अदालतमा २०५६ सालमा दायर उत्प्रेषणयुक्त प्रतिषेध रिटमा नेशनल मेडिकल प्रालिले शिक्षा मन्त्रालय तथा उच्च प्राविधिक शिक्षा तथा अनुमति समितिबाट प्राप्त गरेको अनुमति सम्बन्धी विषय उठाइएको थियो ।

मुद्दाअनुसार नेपाल मुस्लिम वेलफेयर सोसाइटीले उपलब्ध गराएको मनसायपत्रको अनधिकृत प्रयोग गरी नेशनल मेडिकल कलेज प्रालि दर्ता गरिएको दाबी गर्दै संस्थामा आफ्नो हक पुनःस्थापना गर्न माग गरिएको थियो ।

तर सर्वोच्च अदालतबाट नेपाल मुस्लिम वेलफेयर सोसाइटीको पक्षमा फैसला नभएपछि काठमाडौं जिल्ला अदालतमा दायर जालसाजी मुद्दामा पनि वादीको दाबी नपुग्ने फैसला भएको उल्लेख गरिएको छ । उक्त फैसला पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगे पनि निवेदनको निस्सा नपाएको र अन्ततः अदालतको फैसला विपक्षीकै पक्षमा रहेको मुद्दामा जनाइएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content