सेवा नै धर्म हो भन्ने मूल नाराका साथ लायन्स क्लब बीरगन्ज सेन्टरद्वारा घण्टाघरमा बटुवाहरूलाई चिसो जल वितरण गरेको छ! लायन्स क्लब बीरगन्ज सेन्टर पर्साको आयोजनामा बीरगञ्जको घण्टाघरमा बटुवाहरूलाई चिसो जल वितरण कार्यक्रम सम्पन्न भएको छ। जीवन ज्योति सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालिका समेत रहेका लायन्स क्लब बीरगन्ज सेन्टरका लायन मिनाक्षी गुप्ताको नेतृत्वमा घण्टाघरमा सर्वसाधारणहरूलाई सर्वतपानी वितरण गरिएको हो।
बीरगञ्जमा अहिले अत्याधिक गर्मी बढेसँगै सर्वसाधारणहरूलाई चिसो जल अर्थात् सर्बत पानी वितरण गरिएको लायन गुप्ताको भनाइ रहेको छ उनले बताए अनुसार हिजो जीवनज्योति स्कुलको तर्फबाट सर्वोत्तम पानी वितरण गरिएको उनले बताएकी हुन् विद्यार्थीहरूले चिसो जल अर्थात् सर्वोत्तम पानी सडकमा आउने बटुवाहरुलाई रोकेर चिसो पानी खुवाउने काम आफूहरुले एउटा मानवताको धर्म निभाउने काम गरिरहेको लायन मिनाक्षी गुप्ताको भनाइ रहेको छ। बीरगञ्जमा केहि दिनदेखि अत्याधिक गर्मी बढ्दै गएका कारण दैनिक ज्यालादारी काम गर्ने मजदुरी जेष्ठ नागरिक बालबालिकाहरू गर्मीका कारण सडकमा आवतजावत गर्न समस्या भइरहेको छ त्यो झोले लायन्स क्लबले यसरी मानवीय सेवा गर्न पाउँदा आफूहरूलाई धेरै खुसी लागेको र सडकमा सर्वसाधारणले चिसो सर्वोत्तम पानी आफै आएर पनि खाने गरेको लायन गुप्ताले बताइन!
सर्वोत्तम पानी वितरण गर्न जीवनज्योति स्कुलका विद्यार्थीहरू र लायन रेखा वैद्य मिरा खेतान संगीता खेतान सुन्दरी आमात्य कविता हलान रमिन्द्र कर सीता अग्रवाल आशा अग्रवाल जीवन ज्योति स्कुलका सञ्चालक निखिल गुप्ता लगायतको उपस्थिति रहेको थियो।




















COMMENTS