$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा वृक्षारोपण सम्पन्न, १ हजार बिरुवा रोपियो

वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा वृक्षारोपण सम्पन्न, १ हजार बिरुवा रोपियो वीरगञ्ज । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्द...



वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा वृक्षारोपण सम्पन्न, १ हजार बिरुवा रोपियो वीरगञ्ज । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्जस्थित वीरगञ्ज न्यूरो एण्ड जेनरल हस्पिटलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका करिब १ हजार बिरुवा रोपिएको अस्पतालले जनाएको छ । खुला क्षेत्रमा गरिएको वृक्षारोपण कार्यक्रममा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबु, अस्पतालका कर्मचारी, समाजसेवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबुले वृक्षारोपण गर्दै वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको र हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।


डा. बाबुले बढ्दो प्रदूषण र तापक्रम नियन्त्रणका लागि वृक्षारोपण अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन आग्रह समेत गरे ।


स्थानीयवासीहरूले हस्पिटलको पहलको प्रशंसा गर्दै यस्ता अभियानले वातावरण संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताएका छन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content