मिनि ल्यान्ड बोर्डिङ स्कुलको शत प्रतिशत एसइइमा विद्यार्थीहरू उत्तीर्ण ः बीरगंज महानगरपालिका वार्ड नं ८ पानीटेङ्की स्थितमा रहेको मिनील्यान्...
मिनि ल्यान्ड बोर्डिङ स्कुलको शत प्रतिशत एसइइमा विद्यार्थीहरू उत्तीर्ण ः बीरगंज महानगरपालिका वार्ड नं ८ पानीटेङ्की स्थितमा रहेको मिनील्यान्ड बोर्डिङ स्कुलबाट यस वर्ष एसइइ परीक्षामा सहभागी भएका विद्यार्थीहरू शत प्रतिशत उत्तीर्ण हुन सफल भएको विद्यालयका प्रिन्सिपल सुरज बाबु पटेलले जानकारी दिएका छन्। उनले बताए अनुसार यस विद्यालयबाट उत्तीर्णा भएकामध्ये ३. ९५ ल्याएको एक छात्रा तथा ३. ६१ भन्दा माथिका आठजना र ३.४ देखि ३.६ २० जनाले उक्त अङ्क प्राप्त गर्न सफल भएको principle पटेलले बताएका छन्। सबै उत्तीर्ण भएका विद्यार्थीहरूलाई एवं अभिभावकहरूलाई हृदयदेखि धन्यवाद टक्राउँदै आगामी उच्च शिक्षाको लागि सफलताको कामना समेत गर्दै यदि कुनै पनि विद्यार्थीहरु प्लस टु गर्न चाहेको खण्डमा यहि मिनील्यान्ड प्लस टुमा अध्ययन गर्न सकिने भएकोले गरिब विपन्न दलित तथा असहाय विद्यार्थीहरूको लागि विशेष छुटको व्यवस्था समेत गरिने भएकोले उक्त अवसरलाई भरपूर्ण फाइदा लिन विद्यार्थी तथा अभिभावकहरूमा यही सन्देश मार्फत अपिल र अनुरोध गरेका छन्। विद्यार्थीहरूको उच्च शिक्षाका निम्ति आफूहरूले दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरू द्वारा पठनपाठन गरिने भएकोले ढुक्क भएर आफ्ना नानीहरूलाई यही मिनील्यान्ड प्लस टुमा भर्ना गराएर आफ्नो नानीहरूको उज्ज्वल भविष्यको ढोका खोल्न सकिने अवसरहरू रहेको समेत बताएका छन्। प्रिन्सिपल पटेलले बताए अनुसार शिक्षाको विषयमा आफूहरू कुनै पनि कम्प्रमाइज गर्न नसक्ने भएकोले गुणस्तरीय शिक्षा दिन आफूहरू सधैं तत्पर र लगनशील भएर लागिपर्ने प्रतिबद्धता समेत जनाएका छन्। यस वर्षको एसइ परीक्षामा मिडल्याण्ड बोर्डिङ स्कुलले १००% नतिजा ल्याउन सफल भएकोले आफ्ना नानीहरूलाई यही बोर्डिङ स्कुलमा भर्ना गराएर उज्ज्वल भविष्य तयार गरिदिने आफूहरूको संकल्प समेत रहेको बताए। सुविधा सम्पन्न भवन रहेको र दक्ष अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा पठनपाठन गरिदै आइरहेको उद्घोषसमेत गरेका हुन्। शान्त वातावरणमा रहेको उक्त बोर्डिङ स्कुल विगत लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र उक्त बोर्डिङ स्कुलबाट अध्यापन सकेर उक्त शिक्षा हासिल गरेर अहिले विभिन्न सरकारी तथा निजी क्षेत्रमा उल्लेखनीय आफ्नो क्षमता प्रस्तुति गर्न सफल भएको समेत प्रिन्सिपल सुरज बाबु पटेलले बताएका छन्।

COMMENTS