ब्रह्ममाकुमारी राजयोग सेवा केन्द्रद्वारा विश्व धुम्रापान रहित दिवसको अवसरमा आयोजित विचार गोष्ठी एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पर्साका क्षेत्रीय सञ्चालिका रविना दिदीको सभापतित्व तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो! कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रहरी निरीक्षक सुवेदीले नेपालमा धुम्रापान तथा लागू औषधबाट मृत्यु हुनेको संख्या धेरै दर्दनाक रहेको यसलाई रोकथाम गर्न यस्ता संस्थाहरुसँग हातेमालो गरेर काम गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ। उनले भने अहिलेका युवा पुस्ताहरू मा धेरै यस्ता कुलतमा फसिरहेकोले बेलैमा अभिभावकहरूले यस विषयमा निगरानी गर्न जरुरी रहेको बताउँदै यदि समयमा निगरानी नगरेमाअन्तमा कुलतबाट मुक्त गर्न धेरै समस्या हुने भएकोले बेलामा नै सचेत हु इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाइले यस्ता कार्यक्रमहरू बेलाबखतमा विद्यालय स्तर हरूमा आयोजना गर्न अति आवश्यक रहेको सुझाव दिनुभएको थियो।
अहिले क्याम्पस पढ्ने विद्यार्थीहरूमा धेरै मात्रामा चुरोटको कुलतमा फसिरहेकोले होलिका दिनमा यस्ता कुलतबाट अगाडि बढ्न सक्ने भएकोले बेलायमा रोकथाम गर्न अति आवश्यक रहेको धारणा राखेका थिए जनचेतनामूलक कार्यक्रममा रेनु दिदी सन्जु अरुण अजय लगायतले समेत आआफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य बेली दिदीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गोवर्धन भाइले गर्नुभएको थियो।




















COMMENTS