$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बिरगंज युवा समाज द्वारा २०८३ सालको भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ

 बिरगंज युवा समाज द्वारा २०८३ सालको भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ आपतबिपतको समयमा बिरगंज को साथ साथै देशको विभिन्न क्षेत्रम...



 बिरगंज युवा समाज द्वारा २०८३ सालको भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ आपतबिपतको समयमा बिरगंज को साथ साथै देशको विभिन्न क्षेत्रमा प्रत्यक्ष रुपमा सामाजिक सेवा गर्दै आएको बिरगंज युवा समाजको मुक्त कण्ठले प्रसंशा गर्दै समाजमा रहेका युवाहरु लाई सहि मार्गदर्शन दिएर सामाजसेवाको भावना सम्झाएर देश समाजको सेवा गर्न थप प्रयत्न गर्न आग्रह गर्दै केही युवाहरु लागू औषधको कुलतमा फसेर जीवन जोखिममा हालेको र उनिहरुलाइ सुधार गर्न हामी सबैले हातेमालो गर्न आवश्यक रहेको आग्रह गरेका थिए ।

वीरगञ्ज युवा समाजले आयोजना गरेकोे भित्तेपात्रो लोकार्पण गर्दै  प्रमुख अतिथि क्षेत्रीले बिरगंज युवा समाजले सधै युवा, समाज र देशमा बिधमान कुरिती, बिकृती विसङ्गती हरु बिरुद्ध लडनुको साथै आपत बिपत परेको समयमा अग्रस्थानमा रहि समुदायसंग हातेमालो गरि विभिन्न स्थान समयमा विभिन्न कार्यक्रम गरि सेवा गर्दै आएको र आज १५ वर्षको  युवा अवस्थामा आइपुगेको र उप्रान्त पनि निरन्तर अझ बढी प्रभावकारी रुपले सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताउदै शुभकामना दिएका थिए । 

बिरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथीहरु बिरगंज महानगर ५ का वडाअध्यक्ष प्रदिप चौरसिया,वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी ,जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, समाजका सल्लाहकारद्वय डा. श्याम सुन्दर दास र डा. मनोज उपाध्याय ,वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, होटल मकालुका डाईरेक्टर तथा भेट्रान्स क्लब वीरगन्ज का वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ, समाजका कोषाध्यक्ष सुशील श्रेष्ठ, सहसचिव सृष्टि बिष्ट ,सहकोषाध्यक्ष अमित गुप्ता सदस्यहरु पुर्ण गुरुङ,अस्मिता थापा, निरज श्रेष्ठ, राजु गुप्ता,सुमन पौडेल,मनोज गुप्ता,सुशील सिंह ,शैलेन्द्र यादव ,कमलेश गुप्ता लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि , संचारकर्मी , अग्रज ,महिला,युवाहरुको बाक्लो सहभागिता रहेको थियो । 

सो अवसरमा अध्यक्ष थापाले युवा उमेरले नभएर दिनदुखी असहाय देश समाज को समाजसेवा गर्ने इच्छा जागर नियत भएको नै असल युवा हुन भन्दै भित्तेपात्रो अहिलेको डिजिटल समयमा पनि प्रासंगिक रहेको बताउदै यस्ले हामिलाइ अनुशासनमा रहि दैनिकी एवं भविस्यको कार्य योजना बनाउन एवं गर्न मद्दत गर्ने भएकोले हाम्रो वार्षिक कार्यक्रममा यसको लोकार्पण कार्यक्रम गर्दै आएको बताउदै छोटो समयको निमन्त्रणा स्विकार गरि आफ्नो अमुल्य समय निकालेर हामिलाइ हौसला थपिदिनु भएका प्रमुख अतिथी , अतिथिहरु, शुभेच्छुकहरु, सल्लाहकारहरु , पदाधिकारी सदस्यहरुको साथै सहयोगी हातहरु प्रती आभार ब्यक्त गरेका थिए ।

 सो अवसरमा अतिथी वक्ताहरुले देश समाजमा आपतबिपत परेकोले समयमा पिडितहरुको घाउमा सक्दो मल्हम लगाउनु को साथै कुरितीहरु बिरुद्धलडदै न्यूनीकरण गर्न लागि परेको युवा समाजका योद्धाहरु लाई प्रसंशा सहित धन्यवाद ज्ञापन गरेका थिए ।

 सो कार्यक्रममा समाजले गर्दै आएको कार्यहरु बारे सल्लाहकार मार्टिन मोक्तानले प्रकाश गरेका थिए भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष अस्मिता गौतम एवं सहजिकरण सचिव बिनोद धिमालले गरेका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content